बेलायतमा पछिल्लो १२ वर्षयताकै उच्च व्याजदर

SHARE:

लण्डन २४ जुन २०२३ ।

बेलायतमा पुनः ब्याजदर बढाइएको छ ।

बैंक अफ इङ्ल्याण्डको मौद्रिक नीति समितिको बैठकले शुन्य दशमलब ५ प्रतिशत ब्याजदर बढाउने निर्णय गरेको हो । यो निर्णयसँगै बैंकले तोकेको न्यूनतम ब्याजदर अब ५ प्रतिशत पुगेको छ ।

मुद्रास्फितिको चरम शिकार बनिरहेको बेलायतमा केन्द्रीय बैंकको निर्णयले मोर्गेज बजारमा भने हलचल मच्चिन लागेको छ । अहिले बैँकहरूले अस्थिर बजारका कारण कतपय अफरहरू पनि रद्द गरेका छन् ।

त्यसो त, मौद्रिक नीति समितिका ९ सदस्यमध्ये २ जना यसको विपक्षमा थिए । तर बहुमत ९७ जना० सदस्यले ब्याजदर बढाउने निर्णय गरेका हुन् । लगातार १३ औं पटक ब्याजदर बढेसँगै यो दर गएको १२ वर्षयताकै उच्च हो ।

यसैबीच, प्रतिपक्षी लेबर पार्टीले मोर्गेज लिनेहरूलाई परेको मर्का सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!