बीसीसी यूकेद्वारा हिज इमिनेन्स बज्र रिन्पोछेको स्वागत

SHARE:

लण्डन २८ जुन २०२३ ।

लन्डनेद्वारा हिज इमिनेन्स खोन्दुङ्ग असङ्ग बज्र रिन्पोछेको स्वागत गरेको छ ।

गत आइतबार २५ जुनका दिन अल्डरसटस्थित बीसीसीमा गुम्बाका धर्म गुरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी युके परिवारले उनको स्वागत गरेको हो । सो अवसरमा बीसीसी यूकेका आमाहरुले शुभमंगल पाठका साथ हिज इमिनेन्सको स्वागत गरेका थिए ।

बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देब घलेको संयोजकत्वमा सम्पन्न भएको उक्त स्वागत कार्यक्रममा हिज इमिनेन्स बज्र रिन्पोछेले चार अशक्त हटाउने उपदेश संगसंगै खोन बज्र किलायाको अभिशेष दिएका थिए । उक्त कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले बज्र रिन्पोछेको स्वागत गर्दै बीसीसी युकेले स्थापना कालदेखि हालसम्म गर्दै आएको विभिन्न धार्मिक, साँस्कृतिक, सामाजिक तथा परोपकारी कार्यहरुको बारेमा छोटो जानकारी दिए ।

त्यस्तै, कार्यक्रम संयोजक एवं उपाध्यक्ष क्याप्टेन देब घलेले हिज इमिनेन्स बज्र रिन्पोछेको बारेमा छोटो परिचय दिएका थिए । उक्त कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ्ग, प्रमुख वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष रोबिन गुरुङ, कोषाध्यक्ष मेजर शंंकर गुरुङ, बीसीसी युकेकी संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकारहरु, ट्रष्टीज तथा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन संगसंगै हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!