विभिन्न कार्यक्रमसहित सकियो इलमपोखरी समाज यूकेको वार्षिक समर पार्टी

SHARE:


लन्डन २८ जुन २०२३ । इलमपोखरी समाज यूकेको वार्षिक समर बिबिक्यु पार्टी शनिबार सम्पन्न भयो । अल्डरवुड लिजर सेन्टर अल्डरसटमा भएको कार्यक्रम लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरुङ र धर्मपत्नी तारा गुरूङको प्रमुख आतिथ्यमा भएको हो ।

नेपालबाट आएका समाजसेवी गर्जबहादुर गुरुङ र सूर्यमान गुरुङको उपस्थितिमा विभिन्न कार्यक्रमको साथमा भव्य सम्पन्न भयो । समाजका सचिव प्रकाश गुरूङ र सहसचिव कुमार गुरूङले संचालन गरेको औपचारिक कार्यक्रम प्रमुख अतिथि लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरूङ, समाजका अध्यक्ष परशु गुरूङ, निवर्तमान अध्यक्ष पूर्णराज गुरूङ, तथा लमजुङ समाज यूकेका आमा समूहकी अध्यक्ष माला घलेले संयुक्तरुपमा दीप प्रज्वलन गरी उद्घाटन गरे ।

कार्यक्रममा समाजका नयाँ सदस्यहरुलाई अध्यक्ष परशु गुरुङले खादा लगाई स्वागत गरिएको थियो । समाजका सल्लाहकार शेर सुनारलाई नागरिक समाज यूकेका अध्यक्षमा मनोनीत भएकोमा खादा र क्रेगी लगाई बधाई दिएको थियो । लोकदोहोरी गायिका देवी घर्ती मगरलाई नन्दा गुरुङले खादा लगाई प्रशंसापत्र प्रदान गरिन् । प्रमुख अतिथि दलबहादुर गुरुङ, समाजसेवी गर्जबहादुर गुरुङ, अध्यक्ष परशु गुरुङले मन्तव्य राखेका थिए ।

कार्यक्रममा महिला भलिबल र २ समूहमा ठेलो प्रतियोगिता आयोजना गरिएको थियो । प्रथम पुरस्कार आधा तोला सुनको औंठी सहितको विभिन्न आकर्षक पुरस्कार रहेको भाग्योदय चिट्ठा पनि राखिएको थियो । सांस्कृतिक सचिव गजबहादुर गुरुङको संयोजकत्वमा बाह्रककामासे घाँटु, लोकदोहोरी गायिका देवी घर्तीमगर र हरि गुरुङबीच दोहोरी भयो ।

सांस्कृतिक सचिव गजबहादुर गुरुङ, सहसचिव कुमार गुरुङ र देवी घर्ती मगरको युगल गीत समेत प्रस्तुत भयो । सो अवसरमा लेख रानाले साउण्ड सिस्टम तथा मिक्सिङको व्यवस्था गरेका थिए भने कार्यसमितिका सदस्य सन्तोष गुरुङले फोटोग्राफी गरे । कार्यक्रम सल्लाहकार तुलाराम गुरुङले संचालन गरेका थिए । विगतका वर्षहरुमा भन्दा यस वर्ष सहभागीको उपस्थिति बढी थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!