नेपाल सरकारको आगामि आर्थिक वर्षको बजेट संसदबाट बहुमतले पारित

SHARE:

काठमाडौं २८ जुन २०२३ ।

नेपाल सरकारको आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । सभामुख देवराज घिमिरेले प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको घोषणा गरेका हु्न् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस गरेका थिए । त्यसलाई सभामुख देवराज घिमिरेले संसदमा निर्णयार्थ पेश गरेका थिए । बजेट पारितसँगै सरकारलाई बजेट कार्यान्वयनको बाटो खुलेको छ । सत्तारुढ दलका सांसदहरुले बजेटको पक्षमा मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य दलहरुले बजेटको बिपक्षमा मतदान गरेका थिए ।

बैठकले विनियोजन विधेयक,२०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी २६ वटा खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । गत जेठ १५ गते अर्थमन्त्री महतले बजेट सार्वजनिक गरेका थिए । बजेटमाथि संसदमा १६ दिनसम्म छलफल भए पनि कुनै उपलब्धि नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाईरहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!