हर्पनडाँडा समाज युकेद्वारा खेलाडी निसा र साहित्यकार पौडेललाई आर्थिक सहयोग प्रदान

SHARE:

लण्डन २८ जुन २०२३ ।

पञ्चासे हर्पनडाँडा समाज युकेले भलिबल खेलाडी निसा भुजेल र साहित्यकार विष्णु पौडेललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजको १० जुन २०२३ मा सम्पन्न वार्षिक भेटघाट कार्यक्रममा भुजेल र पौडेललाई सहयोग गर्ने निर्णयअनुसार बुधबार कास्की पोखराको लेक साइडस्थित होटल बाल्कोनीमा संक्षिप्त कार्यक्रमबीच सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाल भ्रमणमा रहेकी समाजकी सदस्य धर्मावती गुरूङले भलिबल खेलाडी भुजेललाई ५० हजार र ुफेवाका तरंगहरुुका लेखक विष्णु पौडेललाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका प्याराग्लाइडर सविन गुरुङले जानकारी दिए ।

पञ्चासे हर्पनडाँडा समाज युकेले यसअघि पनि शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा लाखौं सहयोग गरिसकेको छ । उक्त सहयोग रकम वार्षिक भेटघाटमा आयोजना गरिएको राफल ड्रबाट बचत भएको केही रकमबाट प्रदान गरिएको अध्यक्ष देउकाजी गुरुङले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!