राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

SHARE:

काठमाडौं २८ जुन २०२३ ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वस्थ भएर निवास फर्किएका छन् ।

उनी अस्पताल भर्ना भएको ११ दिनपछि निवास फर्किएका हुन् । राष्ट्रपति पौडेललाई गत असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

अस्पतालमा शल्यक्रिया गरेर राष्ट्रपतिको मुटुमा पेस मेकर राखिएको थियो । राष्ट्रपति आज डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले पुष्टी गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले चिकित्सकलाई उदृत गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!