साझा नेपाली समाज यूकेको अध्यक्षमा हिरा सापकोटा चयन

SHARE:

लण्डन ४ जुलाई २०२३ ।

बेलायतको मिडल्याण्ड क्षेत्रमा बस्ने नेपालीहरूको ठूलो समाजिक संस्था साझा नेपाली समाज यूकेको अध्यक्षमा हिरा (दीपक) सापकोटा चुनिएका छन् ।

सोमबार कोभेन्ट्रीमा सम्पन्न समाजको छैठौ अधिवेशनबाट अध्यक्षमा समाजसेवी सापकोटासहित पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शिव खरेल, शम्भु अर्याल र रामप्रसाद पन्थी, महासचिवमा शशांक शर्मा, कोषाध्यक्षमा उपेन्द्र पौडेल र सहकोषाध्यक्षमा उपेन्द्र सापकोटा छन् ।

कार्यसमिति सदस्यहरूमा दिनेशराज ढकाल, दशरथ खरेल, गणेश सापकोटा, भुवन रिजाल, दीपक पौडेल, सुदर्शन पराजुली, राजु खत्री, दिनेशप्रसाद कंडेल चुनिएका छन् । साझा नेपाली समाजका ट्रष्टी दयानिधि सापकोटा संयोजक र टष्ट्री रणबहादुर केसी एवम् सल्लाहकार केशव भण्डारी सदस्य रहेको निर्वाचन समितिले सबै प्रकिया पूरा गरी आगामी २ वर्षको कार्यकालको लागि कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको थियो ।

निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथग्रहण पनि गराइएको थियो । साझा नेपाली समाजका निवर्तमान अध्यक्ष कृष्ण शर्मा सापकोटाको सभापतित्वमा सञ्चालित समाजको छैटौ अधिवेशनको उद्घाटन सत्रमा समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, ट्रष्टी संयोजक एवम् पूर्व अध्यक्ष महेश अधिकारी, ट्रष्टी एवम् पूर्व अध्यक्ष रण बहादुर केसी, ट्रष्टी दयानिधि सापकोटा, ट्रष्टी गोमा पौडेल, पूर्व अध्यक्ष गंगाधर गौतम, पूर्व अध्यक्ष राजु कडेल, पिटरबरो नेपाली समाजका अध्यक्ष केशव खतिवडा, सिर्जनशील लेश्टर समाजका अध्यक्ष पुण्डरी अर्याल, कोभेन्ट्री समाजका अध्यक्ष शन्तोष पौडेल,नोटिंघम समाजका पूर्व अध्यक्ष विष्णु चालिसे, शान्ति नेपाली समाज युकेका पूर्व अध्यक्ष कोश्लेश्वर ढकाल, यार्डली–सोलिहु समाजका महासचिब राजु खत्री, ग्रान्थम नेपाली समाजका किशोर लामिछाने, समाजसेवी राजीव लामिछाने लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

अधिवेशनको बन्दसत्रमा समाजमा मिडल्याण्डका धेरै नेपाली संघसंस्था आवद्ध हुदै गएको र यसलाई अझ एकतावधद्ध गराउदै लैजानु पर्ने देखिएकोले समाजको विधानमा आवश्यक संसोधन गर्नका लागि कार्य समितिले एक विधान समिति बनाउने र समितिले आगामी साधारण सभाबाट समाजका अग्रज एवं सदस्यहरूले उठाएका विषय वस्तुलाई सम्वोधन गर्ने गरी संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

बन्दसत्रमा निवर्तमान महासचिव रामप्रसाद पन्थीले प्रस्तुत गरेको समाजको विगत दुईवर्षको गतिविधि एवं आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो । आफ्नो कार्यकालमा सहयोगको लागि निवर्तमान अध्यक्ष कृष्ण सापकोटाले सबैमा आभार व्यक्त गर्दै नयां कार्यसमितिलाई हार्दिक शुभकामना दिए ।
यसैगरी संस्थापक अध्यक्ष शंकर भण्डारीले सबैको तर्फबाट नयां कार्यसमितिलाई हार्दिक शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष दीपक सापकोटाले सबैको सहयोगले समाजलाई सबैको साझा बनाउने प्रण गरे भने महासचिव शशांक शर्माले समाजलाई सामाजिक गतिविधिले क्रियाशिल बनाउने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!