कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

SHARE:

काठमाडौं ६ जुलाई २०२३ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

थापाले प्रदेश प्रमुखले दिएको समयभित्रै प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दाबी पेसकै आधारमा प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशमा कांग्रेसका २९, माओवादी केन्द्रका १३ सभामुखसहित, नेकपा एकीकृत समाजवादीका ४ जनता समाजवादी पार्टीका १ प्रदेश सांसदको समर्थन आफूलाई रहेको भन्दै थापाले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका थिए । नेकपा एमालेले भने सभामुखसहितको गणनामा भएको दाबी पेस स्वीकार नगर्न प्रदेश प्रमुखलाई यसअघि नै आग्रह गरेको थियो ।

संवैधानिक व्‍यवस्थाअनुसार यसरी बनेको सरकारले पनि ३० दिनभित्रमा सभाबाट विश्वासको मत लिनुपर्नेछ । यसरी विश्वासको मत लिन नसकेमा संविधानअनुसार सदनमा रहेको ठूलो दलका हैसियतले पुन एमालेकै सरकार बन्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!