नागरिकता प्रावधान कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई एनआरएनएको आग्रह

SHARE:

काठमाडौं ७ जुलाई २०२३ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी नागरिकता ऐनको निर्देशिका र कार्यविधि यथाशक्य छिटो निर्माण गरि गैरआवासीय नेपाली नागरिकताको प्रावधान कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

अध्यक्ष आचार्यको नेतृत्वमा संघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री दाहाललाई बिहीबार भेटेर त्यस्तो आग्रह गरेको हो । उक्त अवसरमा प्रधानमन्त्री दाहालले निर्देशिका र कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको र छिट्टै सम्पन्न हुने विश्वास दिलाए । यसअघि अध्यक्ष आचार्यकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि एनआरएन प्रतिनिधि मण्डलले भेटेर संघको तर्फबाट आफ्ना सुझावहरु पेश गरेको थियो ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराई लगायत अन्य वरिष्ठ अधिकारीहरु समेत छलफलमा सहभागी थिए । उक्त भेटघाटमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले एनआरएनहरुको भावना बुझेर जतिसक्दो सरलीकरण गरी गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले गैर आवासीय नेपाली नागरिकता छिटो कार्यान्वयनमा आउने विश्वास पनि दिलाए ।

संसदका दुवै सदनले दुइ, दुइ पटक पारित गरेको नागरिकता संशोधन ऐन तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरिदिएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीत गरिदिएका थिए । त्यस विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!