मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १० जुलाई २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताए । विगतमा शान्ति प्रक्रियामा आइसकेपछि आफ्ना तर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा आत्मसमीक्षा र आत्मस्वीकृति गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ । “कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु”, प्रधानमन्त्रीले भने, “मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो । तर, त्यसदिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो ।”

प्रधानमन्त्री दाहालले आफूले कहीँ कहिल्यै पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता नगरेको र गर्न नसक्ने स्पष्ट पारे । सङ्कटको समयमा र गम्भीर राष्ट्रिय मुद्दामा आफूले सधैँ सहमति र सहकार्यलाई नै अगाडि बढाएको प्रधानमन्त्रीको भनाइ छ । आफूले सार्वजनिक र अन्य स्थानमा समेत मनले बोल्ने गरेको स्पष्ट पार्दै उनले भने, “प्रधानमन्त्रीका रूपमा दिमागले बोल्नुपर्ने हो । यस विषयमा सैद्धान्तिक ज्ञान नभएको होइन ।” मनभित्र आफ्नो कुनै नियत नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूले आत्मसमीक्षा गरेको बताए ।

उनले भने, “जसले प्रस्ताव गरेर मलाई प्रधानमन्त्री बनायो, उसैले प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठाएको देख्दा थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेला हुने गरी यो विषय किन उठ्यो होला भनेर मभित्र प्रश्न उठेको छ ।”यस पटकको प्रधानमन्त्री बन्ने, शतप्रतिशत मत प्राप्त गर्ने, गठबन्धन नयाँ बन्ने विषय नेपालको इतिहासमा नै नयाँ भएको उल्लेख गर्दै उनले सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको भए पनि स्पष्टीकरणको मौकासमेत नदिई प्रश्न उठाउनु उपयुक्त नभएको बताए ।

अन्योल र अराजकतातर्फ मुलुक जान लागेको बेला सरकारले जनसरोकारका विषयमा उपयुक्त र प्रभावकारीरूपमा कदम चालिरहेको बेला अनावश्यक प्रश्न उठाइनु पनि गलत भएको प्रधानमन्त्रीको भनाइ छ । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार जरोसम्म नै पुग्ने र त्यसमा सबैको साथ जरुरी रहेको बताए ।

राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र यसको संरक्षण सम्वर्द्धन गर्न सबै मिलेर जानुपर्छ भन्नेमा प्रष्ट रहेको बताए । उनले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने सवालमा आफूले लगातार सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेतासँग महत्त्वपूर्ण छलफल गरेको जानकारी दिए । उनले भ्रष्टाचारमा संलग्नलाई जोगाउने र छुट दिने पक्षमा सरकार कुनै हालतमा नरहेको स्पष्ट गरे ।

सुशासन, लोकतन्त्र, संविधानको रक्षा, शान्ति प्रक्रियालाई टुङ्गो लगाउने र नागरिकलाई सहज सेवा दिने विषयमा सरकार स्पष्ट रहेको प्रधानमन्त्रीको भनाइ छ । आफूले पनि मिटरब्याजीका विषयमा किन ढिला गरियो भनेर प्रश्न गरेको उले जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!