नेपालमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु

SHARE:


काठमाडौं ११ जुलाई २०२३ । नेपालमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ

सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा मंगलबार दुर्घटनाग्रस्त भएको हो । सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए । लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ ।

दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उनले जानकारी दिए । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।

सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँ उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०:१ बजे सम्पर्कविहीन भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए । उनका अनुसार हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!