नेपालमा हेलिकोप्टर दुर्घटना अपडेट: सबै ६ जनाको मृत्यु

SHARE:

सोलुखुम्बु ११ जुलाई २०२३ ।

सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार रहेका सबै ६ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट सिबि गुरुङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको हो ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (नाइन एन एएमभी) हेलिकोप्टर विहान १० बजेर १३ मिनेटमा सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ लामजुरा नजिकै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको खबर आएलगत्तै काठमाडौंबाट उद्धारका लागि गएको हाइ अल्टिच्युड एयरको दुई वटा हेलिकप्टर मौसममा आएको खराबीका कारण दुर्घटनास्थलमा अवतरण गर्न नसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीले हेलिकोप्टर अवतरण गर्न नसक्दा मृतकहरूको शव काठमाडौं ल्याउन समस्या भएको बताए । हेलिकोप्टर सोलुखुम्बुकै भाकान्जेमा अवतरण गरेको र घटनास्थलबाट हेलिकोप्टर अवतरण गरेको ठाउँसम्म गाडीमा शव ल्याउने व्यवस्था मिलाइएको तिवारीले जानकारी दिए ।

उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर पनि प्रयोग भइरहेको प्राधिकरणले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!