प्रधानमन्त्रीपत्नी सीता दाहालको पशुपतिमा अन्त्येष्टि

SHARE:

काठमाडौं १२ जुलाई २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अन्तिम बिदाइ गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कारअनुसार अन्तिम बिदाइ गरिएको हो ।

दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा उनका श्रीमान् प्रचण्डले दागबत्ती दिए । सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । अन्तिम संस्कारमा विभिन्न दलका नेता तथा शुभेच्छुकको सहभागिता रहेको थियो । दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाट लानुअघि श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिएको थियो ।

आर्यघाटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, सांसद, सचिव, कु्टनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित थिए ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकारसमेत थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!