भारतको बिहारमा चट्याङ लागेर १० जनाको मृत्यु

SHARE:

एजेन्सी १४ जुलाई २०२३ ।

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १० जनाको मृत्यु भएको छ ।

बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् । गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ । सन् २०२२ मा भारतभर चट्याङका कारण ९०७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!