लन्डन १५ जुलाई २०२३ ।

तमु समाज केन्ट यूकेले आउँदो हप्ता समर बीबीक्यू मनाउने भएको छ ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित आउँदो शनिबार २२ जुलाईका दिन आसफोर्डस्थित गडमरम भिलेज हलमा कार्यक्रम मनाउन लागिएको हो । कार्यक्रम बिहान ११ बजेदेखि राति ८ बजेसम्म तोकिएको छ ।
कार्यक्रममा लाइभ ९प्रत्यक्ष० दोहोरी गायनका लागि नेपालबाट आएका कलाकारहरु शिव हमाल र विन्दा परियार सहभागी हुनेछन् । कार्यक्रममा खाना, पियपदार्थ, लाइभ म्युजिक र खेलकुदसमेत समावेश गरिएको आयोजक तमु समाज केन्ट यूकेले जनाएको छ । सहभागी हुनेहरुलाई फूलमेम्बर २० पाउन्ड, गेस्ट मेम्बर २५ पाउन्ड तथा बालबालिका र ज्येष्ठ नागरिकलाई भने मात्र १० पाउन्ड प्रवेश शुल्क तोकिएको छ ।
सन् २००७ मा स्थापना भएको तमु समाज केन्ट यूकेले हरेक वर्ष विभिन्न पार्टी, समाजमा परेका दुस्ख कष्टमा आपसमा सहयोग र नेपालमा विभिन्न क्षेत्रमा आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।






