नेपाली राजदूतावास लन्डनमा २१० औं भानु जयन्ति समरोह सम्पन्न

SHARE:

नेपाली राजदूतावास लन्डनमा २१० औं भानु जयन्ति समरोह सम्पन्न

चिम्खोले काईला:

लण्डन । नेपाली राजदूतावास लन्डनले २१० औं भानु जयन्ति समारोह बेलायतको नेपाली रादुतावास लण्डनमा सम्पन्न गरेको छ।

भानु जयन्ति समारोहमा बेलायतका लागि नेपाली राजदूत श्री ज्ञानचन्द्र आचार्य र नेपालबाट बेलायत भ्रमणमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रि श्री मोहन बहादुर बस्नेतले सयुक्तरुपमा दीप प्रज्वलन गरि कार्यक्रमलाई औपचारिकता दिएका थिए भने बेलायतमा स्थापित बिभिन्न साहित्यिक संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले आदि कबि भानुभक्तको तस्बिरमा फूलका गुच्छा अर्पण गरेका थिए।

उक्त समारोहमा नेपाली साहित्य विकाश परिषद युकेका अध्यक्ष कोमल श्रेष्ठ मल्ल र नेपाली साहित्य संगम युकेका अध्यक्ष बिनोद अधिकारीले आदि कबि भानुभक्त र नेपाली साहित्यको बिकाशको बारेमा कार्यपत्र प्रस्तुत गरेका छन।

भानु जयन्ति समारोहमा बेलायतमा स्थापित बिभिन्न साहित्यिक संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले आ-आफ्नो मन्तब्य राख्दै आफ्नो सृजना बाचन गरेका थिए। मन्तब्य तथा सृजना वाचन गर्नेहरु क्रमश: नेपाली साहित्य बिकाश परिषद युकेका अध्यक्ष कोमल मल्ल, नेपाली साहित्य संगमका अध्यक्ष बिनोद अधिकारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायतका उपाध्यक्ष माया गुरुङ, साहित्य चौतारी युकेका अध्यक्ष बासु शर्मा, नेपाल मुक्तक बेलायत शाखाका अध्यक्ष प्रतिमा केसी, बिश्व नेपाली साहित्य बेलायत पश्चिम शाखाका अध्यक्ष लाल्सुन्दर राई थिए।

सृजना वाचन गर्नेहरुमा क्रमश: बरिष्ठ साहित्यकारहरु खगेन्द्र नेपाली, सुरेशजंग शाह, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष राज श्रेष्ठ, डा. गोपाल पौडेल, दिनेश पौडेल, निर्मला न्यौपाने, डा. बच्चु कैनी, गोपी सापकोटा, बासुदेब सापकोटा, चिम्खोले काईला, नानु राना र नेपालबाट बेलायत भ्रमणमा आएका श्रीमती सीता खनाल थिए।

सो समारोहमा उपस्थितहुन असमर्थ भएका नेपाली साहित्य बिकाश परिषद युकेका सल्लाहकार तथा आजीवन सदस्य श्री घन बहादुर थापामगरको कबिता चिम्खोले काईलाले बाचन गरेका थिए।

बेलायतका लागि नेपाली रादुत श्री ज्ञानचन्द्र आचार्यको अध्यक्षतामा संचालित भानु जयन्ति समारोहको प्रमुख अतिथि नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्रि श्री मोहन बहादुर बस्नेत थिए।

भानु जयन्ति समारोह कार्यक्रमलाई नेपाली राजदूतावास लण्डनका काउन्सिलर रामबाबु नेपालले संचालन गरेका थिए भने नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख रोशन खनाल, बेलायतका लागि नेपाली सैन्य सहचारी Brigadier General रत्न बहादुर गोदार, काउन्सिलर गजेन्द्र राई, डा. बच्चु कैनी, उपमेयर डा. जित रानाभाट, बरिष्ठ साहित्यकार डा. रुपक श्रेष्ठ, श्रीमती सीता खनाललगायत नेपाली साहित्यमा राख्ने थुप्रै साहित्यकारहरुको उपस्थिति थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!