
फोनिज युकेको १० औं वार्षिक उत्सवमा स्मारिका बिमोचन।
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो १० औं बार्षिक उत्सवमा स्मारिका बिमोचन गरेको छ । उक्त स्मारिका बेलायतको अल्डरसर्टस्थित द प्यालेसमा बार्षिकउत्सवमा बिमोचन गरेका हुन् ।
प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालले बेलायतमा नेपाली पत्रकारहरुले खेलेको भुमिकाको प्रंशसा गर्दै आदिवासी जनजाति लगायत नेपाली समुदायहरुको सचेतीकरणका लागि फोनिजले महत्वपुर्ण भुमिका खेलेको र आगामी दिनमा पनि त्यसको निरन्तरताको कामना गरिन । खनालले १० औं बर्षमा प्रवेश गरेको अवसरमा फोनिजको आगामी यात्रा सफलताको शुभकामना व्यक्त गरिन ।
कार्यक्रमको बिशेष अतिथिको रुपमा रहेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बेलायतको नेपाली पत्रकारितामा फोनिजले खेलेको भुमिका प्रशंसा गर्दै संस्थाको आगामी यात्रा सफलताको कामना गरेका थिए । बेलायतमा भएको सम्पुर्ण गतिविधिहरुको सत्यतथ्य पत्रकारहरुले उजागर गर्नुपर्ने बताउदै त्यसका लागि एनआरएन युके पत्रकार र पत्रकारजन्य संस्थाहरुलाई सहयोग गर्न तयार रहेको बताए ।
फोनिज युकेका अध्यक्ष गोमा रानाको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेकी बेलायतका लागि नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल थिइन ।
बिशेष अतिथिको रुपमा रहेको गैर–आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगर थिए भने कार्यक्रममा बेलायतस्थित विभिन्न क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा फोनिज युकेका संस्थापक, पुर्व अध्यक्ष, सल्लाहकार, कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।






