
यति नेपाली यशोसियसन UK Vision 2023 कार्यशाला गोष्ठी भव्यताका साथ सम्पन्न
आर. के. त्रिपाठी
बेलायत। यति नेपाली यशोसियसन UK Vision 2023 कार्यशाला गोष्ठी भव्यताका साथ संपन्न भएको छ।
पश्चिम लण्डन स्थित नेवा छे मायाँ पब मा सम्पन्न भएको गोष्ठी संस्थाको अध्यक्ष पिपला देवानको संयोजकत्वमा बसेको कार्यक्रममा संस्थाका सल्लाहकार तथा Trustee डाक्टर राघव धितालले संस्थाको संरचना र त्यसका आयामहरू स्पष्ट पार्नु भएको थियो। डाक्टर धितालले शुभकामना दिने क्रममा यति नेपाली यशोसियसनले इतिहाँस देखि बर्तमान सम्म गरेको कार्यहरुको लागी धन्यवाद ज्ञापन गर्दै संस्थाको आर्थिक अवस्था को बारेमा जानाकारी दिनु भयो। यति लण्डन वेलफेयर फाउण्डेशन लिमिटेड सँग हाल सम्म १७३ हजार पाउण्ड जम्मा भएको र उक्त रकम यति नेपाल हाउस बनाउन प्रयोग गर्न Trustee हरु तयार भएको प्रष्ट पार्नु भयो।
संस्थामा पूर्व महासचिव एवं ट्रष्टी सुरेश जंङ्ग शाहले वर्तमान कार्य समिती लाई धन्यवाद दिंदै यति नेपाली यसोसियशन UK को वर्तमान गतिविधीले नेपालीपन बढाएको भन्दै आजको गोष्ठीको सफलताको कामना गर्नु भयो। ट्रष्टी बिजय थापाले अहिले सम्म गरिएका प्रयासहरुलाई प्रस्तुत गर्नु भएको थियो। उपस्थित ट्रष्टीहरुले प्रस्ताव आउने बित्तिकै प्रक्रियागत रुपमा रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए।
कार्यक्रम संचालन गरेका संस्थाका महासचिब टंक भट्टराईले गोस्थिमा समस्टिगत रुपमा विभिन्न एजेण्डाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बर्तमान कार्यसमिति सदश्यहरुले निकै खरो रुपमा संस्थाको कानुनि आधार, नियम र संरचनाको बारेमा आउन सक्ने समस्या अनि त्यसका समाधानका उपायहरुको बारेमा धारणा राखेका थिए।
प्रस्तुत कार्यशाला गोष्ठीले निम्न निर्णयहरु गरेको छ।
यति नेपाली यसोशियसनको संरचनात्मक विषयमा छलफल गर्दा यति नेपाली यशोसियसन UK र यति लण्डन वेलफेयर ट्रष्ट दुबैको एक अर्कामा समन्वयकारी भुमीका रहने छ । साथै ट्रष्टको बर्तमान विधानलाई संसोधन गरि यति नेपाली यशोसियसन UK को कार्यसमिती बाट अध्यक्ष र अन्य एक जना ट्रष्टको पदेन सदस्य गरि Trustee लाई निर्णय लिन सुझाब दिने निर्णय गरियो। साथै यति नेपाली एसोसिएसनबाट हुने आर्थिक कारोबार हरु फाउण्डेशन बाटै भए सरह हुने गरि अडिट गर्नु पर्ने निर्णय गरियो।
उक्त निर्णय कार्यन्वयन को लागी विधान संसोधनको आवश्यक निर्णय लिन फाउण्डेशनका Trustee हरुलाई सुझाब दिइने निर्णय लियिएको छ।
त्यसैगरी आवश्यक र अधिकतम आर्थिक कारोबारहरु वैंकिङ्ग प्रणालीबाट मात्र हुने गरि व्यवस्था मिलाउन अध्यक्ष पिपला देवान र Trustee विजय थापा ले जिम्मेवारी लिएका छन्।
यति नेपाल House संवन्धमा कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका विज्ञहरुले यति Nepal House किन्न संभावित मोडेलको बारेमा चर्चा गरेका थिए । संबन्धित क्षेत्रमा लामो समय कार्यकारी भुमीकामा काम गरि राख्नु भएका सल्लहाकार डा श्याम चन्दले विभिन्न संभावनाको बारेमा चर्चा गर्नु भएको थियो। Councellor हरु जित रानाभाट र लक्ष बहादुर गुरुङ्ग ले काउन्सील बाट प्राप्त हुन सक्ने सम्भावित आर्थिक श्रोत र अन्य सहयोगका बारे प्रष्ट्याउनु भएको थियो।
कार्यशालाको दोश्रो शेसनमा भएको छलफलले संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार उमेश राज मोक्तानको संयोजकत्वमा ९ सदस्यीय पूर्ण अधिकार प्राप्त यति नेपाल हाउस संयोजन समिती गठन गरिएको छ। सदस्य सचिब मा आर के त्रिपाठी र सदस्यहरुमा पिपला देवान, टंक भटटराई, भिम तामाङ्ग, डा श्याम चन्द, लक्ष गुरुङ्ग, विजय थापा र अन्य एक जना ट्रष्टी बाट रहने गरि निर्णय गरेको छ। यो समितीलाई पूर्ण अधिकार प्रदान गर्ने गरि कार्यसमिती र Trustee को पूर्ण बैठकले अनुमोदन गर्ने छ। नवगठित समितिका संयोजक उमेश मोक्तानले चाडै नै पूर्ण बैठक बोलाउन पहल गर्ने जानकारी दिदै त्यहाँ बाट एक्सन प्लान बनाएर कार्य सुरु गर्ने बताए।
झन्डै ४ घण्टा चलेको गोष्ठीका निर्णयहरुलाई महासचिब टंक भट्टराईले एकत्रित गरेर प्रस्तुत गरेका थिए भने गोष्ठी समापन गर्ने क्रममा संस्थाका अध्यक्ष पिपला देवानले आजको गोष्ठीमा उपस्थित हुनु हुने सबैलाई र सुपथ मुल्यमा मिठो खाना उपलब्ध गराइदिनु हुने नेवा छे माया परिवार लाई धन्यबाद दिदै भविष्यमा यसै गरि सहयोग गरिदिन हुन अनुरोध गरिन । साथै अध्यक्ष देवानले यति नेपाली Association UK ले नेपाली कला भाषा संस्कृती धर्म समेतको जगेर्ना गर्न विभिन्न कार्यक्रम हरु गरिरहेको जानाकारी दिइन ! आजको गोष्टीमा सल्लाहकारहरु र कार्यसमिती को अधिकांश सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो।













