एनआरएनए बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित

SHARE:

लण्डन १९ जुलाई २०२३ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित भएकी छन् । राष्ट्रिय समन्वय परिषद बेल्जियमको लुभेनमा सम्पन्न नवौं राष्ट्रिय अधिवेशनले परिषद्को नेतृत्वसहित महत्वपूर्ण पदमा गरी १६ महिला निर्वाचित भएका हुन् ।
अध्यक्ष सापकोटाले १ हजार १ सय १२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी तीर्थराज धमलाले ९ सय ४८ मत प्राप्त गरेका थिए । बेल्जियमका ६ क्षेत्रहरुमा एकैपटक मतदान भएको थियो । अध्यक्षबाहेक अन्य पद निर्विरोध भएको हो ।

यस्तै, उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, आदिवासी जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई, महिला उपाध्यक्ष सावित्री गिरी निर्वाचित भए ।
युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), महासचिव रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, संजयदेव श्रेष्ठ, ईश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विरोध भए ।

महिला संयोजकमा शारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, गेन्ट सयोजक गंगा गुरुङ, ब्रुज संयोजक देवीकुमारी शर्मा निर्विरोध भए । सदस्यमा अशोका केसी, सीता दाहाल, सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दिपिका केसी, विनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध भए ।

आईसीसी सदस्यत्रयमा भीम सुवेदी, मदन दवाडी र हरि भट्टराई चयन भए । नवनिर्वाचित समितिलाई बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष खड्कबहादुर केसी र निर्वाचन समिति संयोजक गंगाधर गौतमले प्रमाणपत्र वितरण गरे । व्यवसायी संघ बेल्जियम अध्यक्ष चिरनकुमार खवासले कार्यक्रम संचालन गरेका थिए ।

गौतम संयोजक रहेको निर्वाचन समिति सहआयुक्त प्रेम गुरुङ र सदस्य सचिव विनोद न्यौपाने थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!