नेपालमा झन्डै एक सय किलो सुन बरामद, एक चिनियाँ नागरिक सहित ७ जना पक्राउ

SHARE:

काठमाडौं २० जुलाई २०२३ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको शङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

आज बिहीवार नेपालबाट चीन लागेका ३६ वर्षीय जेक्यूयाङ लिनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । सात महिनाअघि नेपाल आएका लिनले यहाँ बसेर अवैध तरिकाले सुन आयात गरेर कारोबार गर्दै आएको खुलेको प्रहरीको दाबी छ । विमानस्थलबाट पक्राउ परेका लिनलाई थप अनुसन्धानका लागि अध्यागमन विभागले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।

हिजो बुधवार चीनबाट आयात भएका स्कुटरका ुब्रेक शुु मा लुकाएर ल्याएको झन्डै एक सय किलो सुन विमानस्थल भन्सारबाट बाहिरिएको थियो । सुन बाहिरिनेबित्तिकै राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

यस घटनामा भन्सार एजेन्टसहित छ जना हिजो नै पक्राउ परिसकेका छन् । भन्सार विभागले विना जाँच झन्डै एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि समिति गठन गरिसकेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!