गैर आवासीय नेपालीहरुको सहयोगका लागि धरानमा ‘हेल्पडेस्क’ स्थापना

SHARE:

काठमाडौं २१ जुलाई २०२३ ।

नेपाल बार एसोसिएसनले यूकेमा रहेका गैर आवासीय नेपालीहरुलाई कानूनी सहायता उपलब्ध गराउन धरान उच्च अदालतमा ‘हेल्पडेस्क’ स्थापना गरेको छ ।

नेपाल बार एसोसिएसन र गैर आवासीय नेपाली संघ यूकेबीच हालै भएको एक सम्झौता अनुसार यूकेमा बस्ने नेपालीहरुको नेपालमा रहेको सम्पत्ति सुरक्षा लगायत विषयमा आइपर्ने कानूनी झमेलामा नेपाल बार एसोसिएसनले प्रारम्भिक कानूनी परामर्श निशुल्क उपलब्ध गराउने भएको हो ।

गत फेबुअरी ६ तारिख भएको निशुल्क कानूनी सहायता उपलब्ध गराउने सम्बन्धी विशेष कार्यक्रमका परिकल्पनाकार गैर आवासीय नेपाली संघ यूकेका उपाध्यक्ष डा. नारायण कंडेल हुन् भने यो सम्झौता प्रस्ताव बेलायतका प्रसिद्ध कानुनविद अन्तराष्ट्रिय कानूनका ब्याख्यता प्रोफेसर सूर्य सुवेदीले गरेका हुन् ।

सम्झौता अनुसार पूर्व गोर्खाहरुको बाहुल्यता रहेको धरान र पोखरामा क्षेत्रीय स्तरको हेल्पडेस्क रहनेछ भने नेपालका ७७ वटै जिल्लामा स्थानीय कानूनी सहायता केन्द्र स्थापना गरिने छ ।

धरानमा स्थापना गरिएको क्षेत्रीय सहायता केन्द्रको नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिबक्ता गोपाल कृष्ण घिमिरेले २० जुलाई २०२३ मा उद्घाटन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!