बीसीसी यूकेद्वारा टुल्कु जिग्मे सामतेनको विदाई

SHARE:

बीसीसी यूकेद्वारा टुल्कु जिग्मे सामतेनको विदाई

लण्डन । बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले गत १ बर्ष देखि बीसीसी गुम्बामा रहदै आएका टुल्कु जिग्मे सामतेनको विदाई गरेको छ ।
गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनलाई विदाई गरिएको हो ।  
उक्त विदाई कार्यक्रममा टुल्कु सामतेनले बीसीसी यूकेले बौद्ध धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा खेल्दै आएको भूमिकाको प्रसंशा गर्दैं आफूलाई बेलायतका भक्तजनहरुको सेवा गर्न अवसर दिएकोमा बीसीसी यूके परिवारप्रति धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले टुल्कु गुरुले बीसीसी यूकेलाई दिएको महत्वपूर्ण समय, भक्तजनहरुलाई दिएको शिक्षा, पूजापाठ तथा प्रवचनका लागि हृदयवाटनै धन्यवाद दिए ।
काठमाण्डौंको बौद्धस्थित सेचेन गुम्बामा कार्यरत टुल्कु रिन्पोछे यसअघि कोभिड–१९ जस्तो महामारीमा समेत ६ महिना बीसीसी गुम्बामा सेवा गरी नेपाल फर्केका थिए । पुनः दोस्रोपटक गत अगष्ट २०२२ मा बेलायत आई करीब ११ महिनाको बसाई पश्चात गत आइतबार नेपाल फर्केका छन् ।
लामा लुङ्रिग रिन्पोछे र खेन्पो फुतेम्बाको समेत बिशेष उपस्थिति रहेको उक्त औपचारिक विदाई कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिईएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, टुल्कु गुरुलाई  बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी, शुभचिन्तक, भक्तजन, गुरुका आफन्जनहरुले  गत आइतबार हिथ्रो एयरपोर्टमा पुगी विदाई गरेका थिए ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!