काठमाडौं २६ जुलाई २०२३ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी आयरल्यान्डको अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न एनआरएनए आयरल्यान्डको नवौँ महाधिवेशनबाट सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । हिजो भएको मतदानमा सापकोटाले आफ्ना दुई प्रतिस्पर्धीलाई पछिपार्दै विजयी भएका हुन् । यसरी निर्वाचित हुने पदाधिकारीको कार्यकाल दुईवर्षे हुने गर्दछ ।
निर्वाचित भएपछि अध्यक्ष सापकोटाले आफूलाई जिताउने सबै मतदाता र आयरल्यान्डमा बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबाहिनीहरूलाई धन्यवादसमेत दिएका छन् ।






