कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर, नयाँ सरकारको प्रक्रिया थाल्न सर्वोच्चको आदेश

SHARE:

काठमाडौं २७ जुलाई २०२३ ।

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ ।

सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ । बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सरकार गठनको दाबी पेस गर्दा नै सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने बताएको हो ।

सर्वोच्चले कोशीमा सात दिनको समय दिएर नयाँ सरकारको प्रक्रिया थाल्न पनि आदेश दिएको छ । सात दिनभित्र बहुमत पेस गर्न नसकेमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्नेछन् । यसअघि माओवादीले साथ छाडेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेको थियो ।

तर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनमा बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा उद्धव थापा मुख्यमन्त्री बनेका थिए । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गएको असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

त्यो रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गएको असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गर्दै लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!