नेपालका राष्ट्रपति पौडेलले गरे मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण

SHARE:

काठमाडौं २८ जुलाई २०२३ ।

 मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।  

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक राष्ट्रपति पौडेलले आज शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!