एनआरएनए यूकेका नवनिर्वाचित पदाधिकारीहरुलाई बुद्धिस्ट गुम्बा रेडिङमा स्वागत

SHARE:

 गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका नवनिर्वाचित पदाधिकारी र आईसीसी सदस्यहरुलाई बुद्धिस्ट गुम्बा रेडिङमा स्वागत गरिएको छ । 

रेडिङको नयाँ गुम्बामा एनआरएनए यूकेका अध्यक्ष अध्यक्ष हित काजी गुरुङ, प्रथम महिला सीता (मन्जु) गुरूङ, आईसीसी सदस्य ह‍.ले. चन्द्रबहादुर गुरूङ, दिलरास गुरूङ र उनकी पत्नी तथा सहकोषाध्यक्ष हेमकुमार गुरूङलाई शनिबार स्वागत गरिएको हो ।

उनीहरुको स्वागतमा बुद्धिस्ट गुम्बा रेडिङ यूके अध्यक्ष ईन्पेक्सटर खेमबहादुर गुरूङ, उपाध्यक्षहरु राधा गुरूङ, नरबहादुर गुरूङ, कृष्ण गुरूङ, कोषाध्यक्ष मेजर बुद्धि गुरूङ र आमा अध्यक्ष रजनी गुरूङलगायतले सम्मान गरेका हुन् । मूलगुरु खेन रिन्पोछे शिरलामा गुरुङबाट खाता लगाई आशीर्वाद प्रदान गरेको थियो । गुम्बा अध्यक्ष ई. खेमबहादुर गुरुङबाट फेट्टा (क्रेगी) लगाइदिएका थिए । 

यस्तै कार्यक्रममा गुम्बाका मूलगुरु खेन रिन्पोछे शिरलामा गुरूङ, लामा गुरू किसान गुरूङ, प्रोपर्टी म्यानेजम्नेट एवं ट्रस्टीज् चन्द्रमान गुरुङलगायतको पनि उपस्थिति थियो । मूलगुर खेन रिन्पोछे शिरलामा, अध्यक्ष ई खेमबहादुर गुरुङले उनीहरुको कार्यकाल सफलताका लागि शुभकामना समेत दिएका थिए । उक्त कार्यक्रम महासचिव कमल गुरुङले संचालन गरेका थिए । 

एनआरएनए यूकेको यही २२ जुलाईमा सम्पन्न अधिवेशनबाट हित काजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उनीहरुलाई अहिले बेलायतका विभिन्न संघसंस्थाले बधाई, स्वागत गर्ने र कार्य सफलताको शुभकामना दिइरहेका छन् । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!