इलाम समाज बेलायतको वार्षिक भेला सम्पन्न

SHARE:

लण्डन ३१ जुलाई २०२३ ।

इलाम समाज बेलायतको शनिबार अल्डरसटको इम्पायर हलमा वार्षिक भेला सम्पन्न भएको छ । 

भेलामा बेलायतका विभिन्न ठाउँहरूमा बसोबास गर्दै आएका इलामेलीसहित करिब ३०० भन्दा बढीको सहभागिता थियो । समाजले सन् २००९ देखि हरेक वर्षको गृष्म ऋतुमा भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ । 

नेपाली राजदुताबास लन्डनबाट प्रतिनिधित्व गर्दै रामबाबु नेपालले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । जसमा पाँचथर समाज, ताप्लेजुङ समाज, तेह्रथुम समाज बेलायतका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिति थियो । इलाम समाज बेलायतलाई विभिन्न माध्यमबाट चिनाउन महत्वपूर्ण भूमिका खेल्ने साथै अध्ययनमा उच्च शिक्षा हासिल गर्ने नवपुस्ताका नानीबाबुलाई कदरपत्र र सम्मान प्रदान गरियो ।

जसमा नेपालबाट बेलायतमा पारिवारिक भ्रमणमा आएका इलामका वरिष्ठ गीतकार बुद्धवीर लामालाई गीति सृजनामार्फत इलामलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेकोमा इलाम समाज बेलायतका अध्यक्ष टेकवीर राईले खादा ओढाएर सम्मान गर्दै सम्मानपत्र हस्तान्तरण गरे ।

सन् २०२२ र २०२३ मा उच्च शिक्षा हासिल गर्ने विष्णुकुमार गुरुङ र गेषमाया गुरुङको सुपुत्र विवशले युनिभर्सिटी अफ  एबरडीनबाट इकोलोजी कन्जरभेसन विषयमा एमएस्सी, गीतकार उमाकान्त गुरुङ र रूकुमाया गुरुङको सुपुत्री प्रिस्टिना गुरुङले युनिभर्सिटी अफ पोर्टस्मथबाट क्रिमिनोलोजी एण्ड फरेन्सिक स्टडिजमा बीएस्सी, हर्क गुरुङ र बिनिता गुरुङको सुपुत्र उमंग गुरुङले युनिभर्सिटी अफ पोर्टस्मथबाट सफ्टवेयर इन्जिनियरिङमा बीएस्सी अनर्स र चन्द्र रानामगर र मुना रानामगरको सुपुत्र निखल रानामगरले किङ्स्टन युनिभर्सिटी लण्डनबाट बिज्नेस आन्टप्रेनरसीपमा डिग्री हासिल गरेकोमा कदरपत्र प्रदान गरिएको थियो ।

खेलकुदतर्फ इलाम र नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने लोकबन्धु गुरुङ र सुवाश राईलाई समाजका अध्यक्ष टेकवीर राईले खादा ओढाइ सम्मान र सम्मान पत्र हस्तान्तरण गरिएको थियो । प्रमुख अतिथि रामबाबु नेपालले इलाम समाज बेलायतको आतिथ्यताको निम्ति हार्दिक धन्यबाद व्यक्त गर्दै भविष्यमा संस्थालाई अझै सफलता मिलोस् भन्ने शुभकामना दिए । 

समाजका अध्यक्ष टेकवीर राईले सम्पूर्ण अतिथिहरू लगायत उपस्थित महानुभवहरू साथै संस्थाका सदस्यहरूलाई कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद दिए । सो अवसरमा गायक तथा संगीतकार चोक गुरुङ र गायक भुपाल राईले सांगीतिक प्रस्तुति दिएका थिए । संस्थाका महासचिव यम गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष धन राईले व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!