राप्ति समाज यूकेको बार्षिक भेटघाट सम्पन्न: गुन्ज शाह: सचिब राप्ति समाज यूके

SHARE:

राप्ति समाज यूकेको बार्षिक भेटघाट सम्पन्न

गुन्ज शाह: सचिब राप्ति समाज यूके

शनिबार २९ जुलाई २०२३। राप्ति समाज यूकेको बार्षिक भेटघाट केन्टको हकिंस कम्युनिटि सेन्टरमा गत शनिबार २९ जुलाई २०२३ मा सम्पन्न भयो।

उक्त बार्षिक भेलाको समुद्घाटन समाजका अध्यक्ष श्री दिनेश खड्का अनि समाजको जेष्ठ सदस्य श्रीमति तुल कुमारी मल्लज्युले पानसमा बत्ति बालि संयुक्त रुपमा गर्नु भयको थियो। उक्त भेलाको प्रमुख अतिथ्य भेरी समाज यू के को अध्धक्ष श्री दिल बहादुर घर्ति अनि उहाँको धर्मपत्नी साथै भेरी समाज कै उपाध्यक्ष श्री झक बहादुर थापाले गर्नु भयको थियो।

उक्त भेलामा बेलायतमा रहनुहुने राप्ति समाज यूकेको सदस्य रु अनि उहाँहरुको परिबार गरि २२० जना भन्दा बढिको उपस्थिति थियो। उक्त अबसरमा बर्ष भरिमा समाजबाट विश्व बिद्यालयबाट शैक्षिक योग्यता प्राप्त गर्ने बाबु नानीहरु, बिबाह बन्धनमा बाधिने दम्पति अनि नया सन्तानको जन्म दिने मातापिताहरुलाई सम्मान स्वरुप खादा अनि प्रमाण पत्र भेलाको प्रमुख अतिथि श्री दिल बहादुर घर्तीको बाहुलीबाट प्रदान गरियको थियो।

उक्त भेलामा मनोरन्जनको लागि नेपालबाट आउनु भयको चर्चित लोक दोहोरि गायिका पुर्णिमा सेन ठकुरी तथा चर्तित गायक इश्वर सिंहले भरपुर मनोरंज दिलायर सहभागीहरुलाई अनबरत रुपमा नचाउन सफल हुनु भयको थियो। साथै उक्त भेलामा समाजका आजिबन सदस्य श्री कमल बहादुर पून मगरको नेतृत्वमा राफल ड्रको पनि संचालन गरियको थियो जसमा सम्पूर्ण सदस्य हरुले भरपूर मनोरंजन लिनु भयको थियो। राप्ति समाज यूके तर्फबाट पुरुस्कार प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दिक धन्यबाद।

राप्ति समाज यूके साबिकको राप्ति अञ्चलबाट बेलायतमा आएर बसोबास गर्नेहरुको छाता संगठनको रुपमा २००७ मा बेलायतमा स्थापना भै संचालित हुँदै आयको छ। उक्त सस्थाको मूख्य उद्देस्य सदस्यहरु अनि उहाँहरुको परिबारलाइ एकबद्ध पार्दै दुख अनि सुख मा एकले अर्कोलाई सहयोग गर्ने र साथदिने रहेको छ । स्मरण रहोस उक्त सस्था हालै बेलायतमा कम्युनिटि इण्टेरेस्ट कम्पनीको रुपमा पनि दर्ता भयको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!