एजेन्सी ५ अगष्ट २०२३ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तीनवर्ष जेलमा बिताउनु पर्ने भएको छ ।
भ्रष्टाचारको आरोप लागेका खानलाई त्यहाँको अदालतले तीन वर्ष थुन्न आदेश दिएको हो । बीबीसीले जनाए अनुसार न्यायाधीशले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको छ ।
खानमाथि सरकारी उपहारबेचेर भ्रष्टाचार गरेको आरोप लागेको छ । अदालतको निर्णय घोषणा हुनेबित्तिकै केही अभियोजन पक्षका वकिलहरू समेत रहेको भीडले भवन बाहिर ‘इमरान खान चोर हो’ भनेर नारा लगाएका थिए ।
खान २०१८ मा निर्वाचित भएका थिए । तर गतवर्ष उनले विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।






