काठमाडौं ९ अगष्ट २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून व्यवसायी भगवती पाण्डे (शीतल) ले तामाङ लगायतका संस्कारमा दिएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
बुधबार आदिवासी जनजातिले काठमाडौंमा गरेको कार्यक्रममा उनले पाण्डे दोषी देखिए कारबाही हुने बताएका हुन् । ‘तामाङ समुदायको संस्कारलाई आँच पुग्ने गरी भगवती पाण्डेले दिएको भन्ने अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा आज बिहानमात्र मैले प्रहरीका उच्च अधिकारीसँग छलफल गरेको छु,’ उनले भने, ‘दोषी देखिएमा कारबाही हुन्छ ।
आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरी केही व्यक्तिहरू गम्भीर घाइते भएको विवरण आएका छ । अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने कुरा तपाईँहरूलाई जानकारी गराउँछु ।’






