देउवाले भावी प्रधानमन्त्रीमा कोइरालालाई अघि सार्नुपर्ने अन्तर्राष्ट्रिय नेपाली बुद्धिजीवी संघको सुझाव

SHARE:


लन्डन ९ अगस्ट २०२३ । नेपाली कांग्रेसनिकट अन्तर्राष्ट्रिय नेपाली बुद्धिजीवी संघले पार्टी एकताका लागि भविष्यको प्रधानमन्त्रीका रुपमा सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालालाई अघि सार्नु पर्ने सुझाव दिएको छ ।

संघको बैठकअगावै सोधपत्रमार्फत गरिएकोमा सर्वेक्षणमा कोइरालालाई भावी प्रधानमन्त्रीमा देउवाले प्रस्ताव गर्ने र गगन थापाले समर्थन गरी कांग्रेस एकताको सन्देश जाने र २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनेमा ९६ प्रतिशतले मत जाहेर गरेको अध्यक्ष आरके त्रिपाठीले जानकारी दिए । गठबन्धन, सरकार, कांग्रेसको एकतालगायत तयार पारिएको प्रश्नावलीमध्ये ‘नेपाली कांग्रेस पार्टीको एकता गर्न के उपयुक्त कदम चाल्नु पर्दछ ?’ भन्ने समेटिएको थियो । जसको उत्तर : ‘नेपाली कांग्रेस पार्टी पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई बहुमत जिताउन र पार्टी एक गर्न स्व कृष्णप्रसाद भट्टराईलाई आगामी प्रधानमन्त्री घोषणा गरेजस्तै वर्तमान अवस्थामा वर्तमान सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता डा शेखर कोइरालालाई अब भविष्यको प्रधानमन्त्री प्रस्ताव गर्ने र गगन थापाले यसलाई समर्थन गर्ने साथै डा शेखर कोइरालाले पनि यसैगरी भविष्यमा अरु नेताहरुलाई प्रस्ताव गर्ने प्रक्रिया थालनी गर्दा कांग्रेस एकताको सन्देश गई आगामी निर्वाचनमा नेपाली कांग्रेस पार्टीले बहुमत ल्याउँछ ।/९६ प्रतिशत’

संघको बैठक अगाबै करिब ५०० जना बुद्धिजीवीको धारणा बुझ्न हरेकलाई सोधनीपत्र तयार गरी उत्तर संकलन गरिएको अन्तर्राष्ट्रिय नेपाली बुद्धिजीवी संघका अध्यक्ष त्रिपाठीले प्रस्ट्याए । प्राप्त उत्तरलाई संघका आईटीका एस्पर्टहरुले स्प्रेडसिट र ग्राफ ट्यालीमार्फत उत्तर तयारी गरिएको हो । उक्त निर्णय कांग्रेस पार्टीको हरेक केन्द्रीय नेताहरुमा जानकारीका लागि पठाइएको समेत अध्यक्ष त्रिपाठीले जनाए ।

यस्तो थियो प्रश्नावली ।
१.नेपाली कांग्रेस नेतृत्वको राजनैतिक पार्टी गठबन्धन सैद्धान्ती,वैचारिक र व्यवहारीक रूपले अब उप्रान्त व्यवहारिक छ ?
उत्तर: छैन भन्ने ९९%

२.अहिलेको गठवन्धन सरकार लोकप्रिय छ ? उत्तर : छैन ९५%

३.नेपाली कांग्रेस बैचारिक रूपमा स्खलित हुँदै गएको हो ?
उत्तर : त्यस्तो देखिन्छ ८१ %

4.नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको डेलिभरी Performane कस्तो छ ?
उत्तर : लोकप्रिय काम अगाडी आएको छैन ६४% ।

५.नेपाली कांग्रेस पार्टी यथास्थितीमा हिंडिरहेको र गरिरहेको नेतृत्वले २०८४ को चुनाब लाई बहुमत तर्फ आकर्षित गर्न सक्छ ?

उत्तरः यथास्थितीमा परिवर्तन नभई अगाडी बढे मतदाता आकर्षण गर्न सक्दैन ८७%

६.नेपाली जनता नेपाली कांग्रेस पार्टीमा आकर्षित गर्न के गर्नु पर्ला ?

उत्तर :नेतृत्वमा एकता र नेतृत्व परिवर्तन क्रमश ९९% प्रतिशत

7 नेपालमा रोजगारी सिर्जना गर्ने पहिलो उपाय के होला ?
उत्तरः कृषी संग कांग्रेस उद्योग संग कांग्रेस ७५%

८.नेपाली कांग्रेस पार्टीको एकता गर्न के उपयुक्त कदम चाल्नु पर्दछ ?

उत्तर :नेपाली कांग्रेस पार्टी पूर्व सभापती स्व गिरिजा प्रसाद कोइरालाले कांग्रेस लाई बहुमत जिताउन र पार्टी एक गर्न स्व कृष्ण प्रसाद भटराई लाई आगामी प्रधानमन्त्री घोषणा गरे जस्तै वर्तमान अवस्थामा वर्तमान सभापती शेर बहादुर देउवाले वरिष्ठ नेता डा शेखर कोइराला लाई अब भविष्यको प्रधानमन्त्री प्रस्ताब गर्ने र गगन थापाले यसलाई समर्थन गर्ने साथै डा शेखर कोइरालाले पनि यसै गरि भविष्यमा अरु नेताहरुलाई प्रस्ताब गर्ने प्रक्रिया थालनि गर्दा कांग्रेस एकताको सन्देश गई आगामी निर्वाचनमा नेपाली कांग्रेस पार्टीले बहुमत ल्याउँछ /९६ प्रतिश्त

  1. विदेशका बुदिजिवी के चाहन्छन् ?
    उत्तरः नेपाली कांग्रेस पार्टीले विदेशमा रहेका कम्तीमा ५ जना नेपाली कांग्रेस पार्टी सदस्य लाई केन्द्रिय सदस्य मनोनित गर्नु पर्ने,95%

आगामी २०८४ को निर्वाचनमा विदेश बाट २ जना समानुपातिक सांसद बताउनु पर्ने,98%

विदेशमा रहेका कम्तीमा २ जना बुद्धिजिबी लाई राजदुत नियुक्त गर्नु पर्ने,67%

विदेशमा रहेका कम्तीमा १ जना बुद्धिजीबि लाई राष्ट्रिय योजना आयोगमा नियुक्त गर्नु पर्ने,92%

केहि अरु सरकारी राजनैतिक नियुक्ति दिंदा समानुपतिक तर्फ नेपाली कांग्रेस पार्टीको भोट २०८४ को चुनाबमा बढ्ने देखिन्छ/99%

भ्रष्टचार अत्य,शुशाषन,पारदर्शिता, जवाफदेहिता,मानब अधिकार कानुनी राज्य पूर्ण स्थापना र देश विकारको लागी युवा परिचालन गर्न कांग्रेस लागी रहनु पर्ने/100%

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!