बेलायतको कार्यक्रम रद्ध गरेर माधव नेपाल स्वदेश फर्किंदै

SHARE:

लण्डन १२ अगस्ट २०२३ ।

पूर्व प्रधाननमन्त्री एवम् नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो युरोप भ्रमण छोट्टयाएर नेपाल फर्किने भएका छन् ।

आउँदो साता बेलायतमा राखिएको कार्यक्रम नै रद्ध गरेर उनी शनिबार स्पेनबाटै नेपाल फर्किन लागेको नेकपा एसनिकट प्रवासी नेपाली एकता मञ्च युरोपका अध्यक्ष उमेशराज मोक्तानले जानकारी दिए ।

बेलायतबाट अगस्ट १८ मा फर्किने पूर्व निर्धारित कार्यक्रम रहेकोमा उनी एक साताअघि नै फर्किने भएका हुन् । ललिता निवास प्रकरणको छानबिनबाट भाग्न विदेश बसेको भन्दै नेपालमा तीव्र आलोचना भएकै कारण उनी चाँडै फर्किएको बुझिएको छ ।

नेपालबाट पार्टीकै नेताहरुको सल्लाहअनुसार नै अध्यक्ष नेपाल भ्रमण छोट्टयाएर जान लागेको मोक्तानले बताए । बेलायतस्थित पार्टीका नेताहरुलाई टेलिफोन गरेर अध्यक्ष नेपालले विकसित पछिल्लो अवस्थाका कारण आफू तत्काल फर्किने निर्णयमा पुगेको जानकारी गराएका थिए ।

बेलायतमा कार्यक्रम स्थगित गर्नुपर्दा सिर्जित असुविधाका लागि उनले दुस्ख समेत व्यक्त गरेका थिए । यसअघि अध्यक्ष नेपालको आतिथ्यमा प्रवासी नेपाली एकता मञ्च यूकेले आउंदो मंगलबार लन्डनमा एक अन्तरक्रिया कार्यक्रम राखेको थियो ।

अध्यक्ष नेपाल फर्किएसंगै उक्त कार्यक्रम नै स्थगित गरिएको मञ्च अध्यक्ष कृष्ण तिवारीले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!