राउघाट खोला सेरोफेरो युकेको बार्षिक भेटघाट सम्पन्न

SHARE:

राउघाट खोला सेरोफेरो युकेको बार्षिक भेटघाट सम्पन्न |

जमुना पुन – लन्डन।

सनिवार १२ अगस्त २०२३ का दिन राउघाट खोला सेरोफेरो युकेको बार्षिक भेटघाट कार्यक्रम बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सम्पन्न भएको छ। म्याग्दीको राउघाट नदी वरपरमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले हरेक बर्ष बेलायतमा बार्षिक कार्यक्रम गरेर भेटघाट हुने गर्दछन। सो भेटघाट कार्यक्रम गत केहि बर्षहरु कोबिडका कारणले सम्पन्न भएको थिएन।

बार्षिक भेटघाट कार्यक्रमको पहिलो चरणमा आपतकालीन सम्बन्धि सुचना, दीप प्रज्वलन र नेपाली राष्ट्रिय धुन बजाएर शुरु गरेका थिए भने बेलायतमा आएर दिबंगत भएका राउघाट सेरोफेरोका सदस्यहरुको संझनामा दुइ मिनेट मौनधारण गरेका थिए।

सो बार्षिक भेटघाटमा राउघाट खोला सेरोफेरोको नयाँ सदस्य लिनेहरु तथा पहिलो पटक बेलायतमा आएका सदस्यहरुलाई स्वागत गरेका थिए। त्यस्तै बेलायतको बिभिन्न बिश्वबिद्यालयहरुमा अध्ययन गरि दीक्षित भएका नानिबाबुहरुलाई सम्मान गरेका थिए।

बाषिक भेटघाट कार्यक्रममा राउघाट खोला सेरोफेरो म्याग्दीबाट बेलायत आएका कलाकारहरु शोभा कार्की र गगन पुनले बिभिन्न गीतहरु गायर उपस्थित दर्शकहरुलाई नचाएर भरपुर मनोरंजन दिएका थिए भने स्थानीय कलाकारहरुले आ-आफ्नो प्रस्तुति बेजोड तरिकाले प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रम, सचिब गङ्गा पुर्जा र चन्द्र थजालिले संचालन गरेका थिए।

राउघाट खोला सेरोफेरो युकेका अध्यक्ष मोति बहादुर तिलिजाले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि क्याप्टेन दुर्गा राम्जाली थिए। सो कार्यक्रममा उपाध्यक्ष जित बहादुर शेर्पुजाले स्वागत मन्तब्य दिएका थिए भने सचिब धन बहादुर पुनले कार्यक्रम संचालन गरेका थिए। बार्षिक भेटघाट कार्यक्रममा राउघाट सेरोफेरोका निबर्तमान अध्यक्ष रत्न शाही, एन आर एन युकेका निबर्तमान अध्यक्षहरु योगिन क्षेत्री र योगकुमार फगामी, मोना युकेका अध्यक्ष कुमार फगामी, उपाध्यक्ष लिला पुन (समुन्द्र पारि) लगायत दुइसय हाराहारीको उपस्थिति रहेको थियो।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!