बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने ७ जना पक्राउ

SHARE:

काठमाडौं १३ अगस्ट २०२३ ।

बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धन बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पोल्याण्ड लगाएत बिभिन्न देश पठाउन भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सातजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दुई नेपाली नागरिक इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली रहेकी छिन् भने ५ वंगलादेशी नागरिकमा अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिया, जहान्गीर अलाम र ताहमिना बेगम रहेका छन् । उनीहरुले बंगलादेशबाट बिभिन्न प्रलोभनमा नेपाल ल्याई बन्धक बनाएर परिवारसंग रकम मागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

आफुहरुसंग भएको रकम असुल गरेर परिवारसंग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक बंगाली नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान गर्दा गिरोहलाई पक्राउ गर्न सफल भएको उनले बताए । विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा वंगलादेशी पीडित नागरिकहरुले आफुहरुलाई एजेण्डले पोल्याण्ड लगायतका देश पठाउनका लागि पाँच लाख रुपैया लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका छन् । नेपाल आएपछि आफुहरुसंग खर्चका लागि भएको पैसा, मोवाइल पनि लिएको बताएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिताका साथै संगठीत अपराध ऐन बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!