लन्डन १४ अगस्ट २०२३ ।

बेलायतवासी व्यवसायी तथा अभियन्ता थर्क सेनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए आईसीसीका वर्तमान उपाध्यक्ष सेनले आउँदो अक्टोबर १७ देखि २० सम्म काठमाण्डौंमा हुने ११ औं विश्व सम्मेलन तथा महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपाल र नेपालीको दिगो विकासका साथै एकताको एनआरएनएको जीवन्तताको लागि मैले मेरो तन, मन र कर्मले अन्तिम पहल गर्ने अठोटका साथ एनआरएनएको ११ औं महाधिवेशनमा २०२३-२०२५ कार्यकालको लागि म अध्यक्ष पदको उम्मेवारी घोषणा गरेको छु, उनले भने ।
उनले निस्शुल्क एनआरएनए भोटर रजिस्ट्रेशन गर्न पहल गर्ने, एनआरएनएको उम्मेदवारी शुल्क घटाउने, एनआरएनएलाई राजनीतिक पार्टी जाति, धर्म र क्षेत्रको राजनीतिबाट अलग राख्ने, एनआरएनएहरूको जन्मसिद्ध अधिकार नेपाली नागरिकताको निरन्तरता (विशेष गोर्खाज्) को अधिकार प्राप्त नहुँदासम्म जारी राख्दै जुन देशमा दोहोरो नागरिकताको प्रावधान छैन त्यो देशका एनआरएनएहरूलाई एनआरएनए नागरिकताको पनि स्वागत गर्दै यथाशीघ्र कार्यान्वयन गर्न लबिङ गर्नेलगायत ७ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।






