प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर)गर्बुजा बेलायत भ्रमणमा

SHARE:

प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर) गर्बुजा बेलायत भ्रमणमा

बेलायत। आज १४ अगस्त २०२३ क दिन नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा म्याग्दीका सांसद श्री खम बहादुर (खमबिर) गर्बुजा बेलायत भ्रमणमा आएका छन।

उनलाई स्वागत गर्न नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युबराज गुरुङ, गैर आबसीय नेपाली संघ (एनआरएनए) युके तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका निबर्तमान अध्यक्ष योग कुमार फगामी, पत्रकार, साहित्यकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला), मोना अन्तराष्ट्रिय समन्नय परिषदका उपाध्यक्ष जंग बहादुर बुदुजा, पुन समाज युकेका निबर्तमान अध्यक्षहरु अति प्रसाद पुन, धन बहादुर पुन, मोना युकेका बर्तमान महासचिब बिष्णु भण्डारी, राउघाट खोला सेरोफेरो युकेका निबर्तमान अध्यक्ष रत्न बहादुर शाही (गोपाल) लगायत उनका साथिभाई, इस्टमित्र, नजिकका नातेदार र परिवारका सदस्यहरु बेलायतको हिथ्रो विमानस्थल, टर्मिनल ४ मा पुगेका थिए।

सांसद गर्बुजाको यस भ्रमण बिशुद्ध पारिवारिक भ्रमण भएतापनि उनि बेलायतमा रहदा नेपाली जनसम्पर्क समिति बेलायतको, भुतपुर्बक गोर्खा, मोना युके, मगर संघ युके, दग्नाम दर्मिजा समाज युकेका कार्यक्रमहरुमा सहभागिता रहने बताएका छन।

सांसद गर्बुजा एक भुतपुर्बक गोर्खा भएको नाताले उनलाई भुतपुर्बक गोर्खाहरुको बंसजको नागरिकता निरन्तरता, पेन्सन र सेवा सुबिदाको बारेमा प्रश्न सोधिएकोमा उनले पेन्सनलगायत सेवा सुबिदाको बारेमा नेपाल सरकारको प्रतिनिधि, बेलायती सरकारको प्रतिनिधि र भुतपुर्बक गोर्खाहरुको बिचमा वार्ता नजिक पुगेको बताएका छन भने बंसजको नागरिकता निरन्तरताको बारेमा दुइतिहाइ बहुमत चाहिने भएकोले अलि समय लाग्ने बताएका छन।

बिगतमा हामीहरु गैर आबसीय नेपाली नागरिकता, दोहोरो नेपाली नागरिकता र नेपाली नागरिकताको निरन्तरता जस्ता बिभिन्न मागहरु मागेर नेपाल सरकारलाई अलमलमा पारेको बताएका छन। भुतपुर्बक गोर्खाहरुको हकमा बंसजको नागरिकता निरन्तरता माग माग्नुपर्ने बताएका छन। किनभने गोर्खाहरु त्रिपक्षीय सन्धि अनुसार बेलायतमा आएका हुन् भनेर भनेका छन।

स्मरण रहोस, खम बहादुर (खमबिर) गर्बुजाको आर्मी नम्बर २११६६३६२ हो। उनि २/२ गोर्खा राईफल्समा कार्यरत थिए। उनि कर्पोरल पदमा रिटायर्ड भएका हुन्। उनि २/२ गोर्खा राईफल्समा कार्यरत हुदा २/२ गोर्खा राईफल्सको प्रतिनिधित्व गर्दै बटालियन बिजले सुटिङ टिमका आबद्ध थिए। कर्पोरल गर्बुजा २/२ गोर्खा राइफल्सका भलिबल, बास्केटबल बटालियन टिमका खेलाडी थिए भने फुटबल नेपाल कपका गोल्ड किपर थिए।

सांसद गर्बुजाको सपरिवार बेलायतमा रहेपनि उनि लामो समयदेखि नेपाली राजनीतिकमा सेवारत छन। उनले लामो समय नेपाली कांग्रेस म्याग्दीको जिल्ला सभापतिको कार्यभार सम्हाल्दै आएका थिए। हालमा प्रतक्षतर्फबाट म्याग्दी जिल्लाको प्रतिनिधि सभाको सांसदमा सेवारत छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!