काठमाडौं १५ अगस्ट २०२३ ।

साउन ३ गते त्रिभुवन विमास्थलबाट बरामद् गरिएको एक क्वीन्टल भन्दा बढी भनिएको सुन गालेपछि अझै घटेको छ । सोमबार ब्रेक शूबाट निकाल्दा ६० किलो ७८९ ग्राम भएको सुनको तौल आज गालेपछि अझै घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसा आज गालिसकेपछि तौल लिँदा सुन ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैकको टक्सार महाशाखामा सुन पगालेर बिस्कुट बनाइएको थियो ।
सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ ।
यस प्रकरणमा आज मात्र पनि तीनजना चिनियाँ नागरिक पक्रउ परेका छन् । पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन् । उनीहरुको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँ समेत बरामद भएको सीआईबी स्रोतले जानकारी दिएको छ ।






