विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु

SHARE:

काठमाडौं १५ अगस्ट २०२३ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबीच भेटवार्ता भएको छ ।

निर्वाचन आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गरेका थिए ।

उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली संकलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने बताए ।

त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने आयुक्त थपलियाले बताए । नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै बाँकी काम सुरु गर्ने उनको भनाई थियो ।

सो अवसरमा संघका कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

भेटमा आयोगका उपसचिव सूर्यप्रसाद गौतम, संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!