तान्चोक नौजे पैंगीलामा परिवार यूकेको भेटघाट सम्पन्न

SHARE:

तान्चोक नौजे पैंगीलामा परिवार यूकेको भेटघाट सम्पन्न

लण्डन । तान्चोक नौजे पैंगीलामा परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार १२ अगष्टका दिन फार्नबोरोस्थित साम्युल कोडी स्पोर्टस् कलेजको सभा हलमा सम्पन्न भएको हो ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्र्तगत पर्ने तान्चोक गाउँ पुख्र्यौली घर भई बेलायतमा बसोबास गर्ने नौजे पैंगीलामातमूहरुले विविध कार्यक्रमका साथ कार्यक्रम आयोजना गरेको हो ।

बौद्ध अर्घौं सदन पोखराका प्रमुख लामा खेन्पो शीरलामा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्रद्धेय गुरु किसानसिंङ्ग गुरुङ बिशेष अतिथिको रुपमा उपस्थित भएका थिए । त्यस्तै,  तमूधिं यूकेका अध्यक्ष हरि गुरुङ, सहारा युकेका अध्यक्ष लेप्टेन कुसाङ्ग गुरुङ तथा पन्च गुरुङ, आँटीघर मौजाका नौजें पैंगीलामा परिवारका क्याप्टेन नारायण बहादुर गुरुङ तथा चन्द्रदेवी र इन्द्र कुमार तथा उषा गुरुङलगायतको बिशेष उपस्थिति रहेको थियो । परिवारका दाजुभाइहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा परिवारका छोरीज्वाई, भान्जाभान्जी तथा भान्जीज्वाईहरु र विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई पाहुनाको रुपमा आमन्त्रण गरिएको थियो ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा परिवारका अध्यक्ष मेजर हितमान गुरुङले एकअर्कामा परिचय गर्ने, भेटघाट गर्ने, आपसी सद्भावको विकास गर्ने, आत्मीयता, मित्रता र सम्बन्धलाई दरिलो र प्रगाढ पादै लैजाने परिवारको उद्देश्य रहेको बताउँदै उपस्थितिका लागि प्रमुख अतिथिलगायत सबैलाई धन्यवाद दिए । साथै, उनले मिशन २०२५ को अवधारणा प्रस्तुत् गर्दै आगामी दिनमा संस्थाको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्ने बताउँदै समाजको बिकासका लागि सल्लाह र सुझावको अपेक्षा व्यक्त गरे ।

परिवारका अध्यक्ष मेजर हितमान गुरुङ, प्रमुख अतिथि खेन्पो शीरलामा गुरुङ, बिशेष अतिथि तमूधि यूकेका अध्यक्ष हरि गुरुङ, जेष्ठ सदस्य क्या.रि पूर्ण बहादुर गुरुङले दीपप्रज्ज्वलन गरी शुरुवात भएको उक्त कार्यक्रममा हालै सन्तान लाभ भएका, बैबाहिक बन्धनमा बाँधिएका, विभिन्न संघसंस्थाको नेतृत्वमा पुगेका, ८४ बर्ष पूरा गरेका जेष्ठ सदस्यलगायतका आमाबुबा, दाजुभाइ, दिदीबहिनी, छोरीज्वाइँलगायत परिवारका सदस्यहरुलाई खदा लगाई बधाई ज्ञापन गरिएको थियो ।  

तान्चोक नौजे पैंगीलामा परिवार यूकेका अध्यक्ष मेजर हितमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिवारका वरिष्ठ उपाध्यक्ष मिनबहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए भने महासचिव प्रेमबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!