रास्वपा सांसद सोविता गौतम बेलायतमा

SHARE:

लण्डन १६ अगस्ट २०२३ ।

युवामाझ लोकप्रिय र राजनीतिमा आशाको केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम बेलायत आइपुगेकी छन् ।

व्यक्तिगत भ्रमणका शिलशिलामा सोमबार आफ्नो श्रीमानका साथ लन्डन उत्रिएकी हुन् उनी । सोविता अगस्ट २५ तारिख नेपाल फर्किने कार्यक्रम छ ।

सांसद गौतम व्यक्तिगत भ्रमणकै लागि बेलायत आएको शर्माले जानकारी दिए । तर पार्टीकी एक नेत्री एवम् सांसद आएको अवसरमा बेलायतस्थित पार्टी शुभचिन्तक र नेपाली समुदायसँग अन्तरक्रिया गराउन लागेको उनले बताए ।

शर्माले यही विहीबार प्लमस्टिड र अर्को साता मिडल्यान्डमा सांसद गौतमसँग अन्तरक्रिया गर्ने तयारी रहेको जानकारी दिए । रास्वपा प्रवास विभागले गरेको अन्तरक्रिया भएपनि ईच्छुक सबैले भाग लिन सक्ने उनले स्पष्ट पारे ।

बेलायतमा रहंदा सांसद गौतम वेल्स पुगेर त्यहाँ निर्माण भइरहेको नेपाली भिलेज पनि भ्रमण गर्ने कार्यक्रम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!