काठमाडौं १७ अगस्ट २०२३ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त बेलायत र भियतनामका राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालका लागि बेलायतका आवासीय राजदूत रोबर्ट डोमिनिक रुसेल र भियतनामका गैरआवासीय राजदूत न्युग्यन थान हाईले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
उक्त समारोहमा परराष्ट्रमन्त्री एनपी साउदलगायतको उपस्थिति थियो।






