म्याग्दीको चिम्खोलामा अक्षयकोष वितरण: चिम्खोले काईला

SHARE:

म्याग्दीको चिम्खोलामा अक्षयकोष वितरण

चिमखोला – बि. सं. साउन १ गते २०८० का दिन नर-गजमती स्मृति अक्षयकोष, शेर- जनिमा स्मृति अक्षयकोष, संगीता स्मृति अक्षयकोष र केश बोमति अक्षयकोष अमर माध्यमिक बिद्यालय चिमखोलाको प्राङ्गणामा बितरण भएको छ। उक्त स्मृतिकोषहरुको बितरण सम्बन्धि समाचार रघुगंगा गाउँ पालिका ७ चिम्खोलाका वडा अध्यक्ष रिम पाइजाले फेसबुकद्वारा जानकारी दिएका हुन् ।

चिम्खोलाका बिभिन्न व्यक्तिहरुद्वारा स्थापित गरिएका उक्त स्मृतिकोषहरूको स्थापना गर्नुको मुख्य उद्धेश्य चिमखोला अमर माध्यामिक बिद्यालयका बिध्यार्थीहरुको शैक्षिक स्तर उन्नति तथा शैशिक स्तर वृद्धि गर्नको लागि रहेको छ ।

नर-गजमती स्मृति अक्षयकोष, स्वर्गीय जमदार नर बहादुर गर्बुजा र स्वर्गीय गजमती गर्बुजाका स्मृतिमा उक्त गर्बुजा दम्पतिका सुपुत्री तथा नेपाल सरकारका पुर्बमन्त्रि थममाया गर्बुजाले स्थापना गरेका हुन्। जमदार नर बहादुर गर्बुजाको पहलमा बि. सं.२०१४ सालमा चिम्खोलामा पहिलो पटक बिद्यालय स्थापना गरेका थिए। स्वर्गीय जमदार नर बहादुर गर्बुजा र स्वर्गीय गजमती गर्बुजा दुवै जनाले छोरीलाई पनि स्कुल पठाउन पर्छ भनेर सुपुत्री थममायालाई प्रकाश माध्यमिक बिद्यालयमा पढाएर सो समयमा उदारणीय कार्य गरेका थिए।

शेर- जनिमा स्मृति अक्षयकोष, चिमखोला कान्छी गाउँ निवासी स्वर्गीय शेर बहादुर गर्बुजा र स्वर्गीय जनिमा गर्बुजाका स्मृतिमा उक्त गर्बुजा दम्पतिका थाईला सुपुत्र अमृत प्रसाद गर्बुजाले स्थापना गरेका हुन्। अमृत गर्बुजा हाल बेलायतमा कार्यरत छन। स्वर्गीय शेर बहादुर गर्बुजा र स्वर्गीय जनिमा गर्बुजा शिक्षाप्रेमी थिए।

संगीता स्मृति अक्षयकोष, चिमखोलामा जन्मेका, हुर्केका तर हाल म्याग्दीको बेनी बजार निवासी तथा पुर्ब शिक्षिका धन कुमारी गर्बुजाले आफ्नी स्वर्गीय सुपुत्री संगीताको स्मृतिमा स्थापना गरिदिएका हुन्। संगीताको प्राराम्भिक शिक्षा अमर माध्यामिक बिद्यालयबाट भएको थियो। उनको निधन उच्च शिक्षा अध्ययनको क्रममा अस्ट्रेलियामा भएको थियो।

केश-बोमति अक्षयकोष, चिमखोलाको गौडामुनी घर भई हाल चितवनको खैरहनी नगरपालिका –२ बसोबास गर्नुहुने सिता गर्बुजा पुनले आफ्नो दिवंगत बुबा केश बहादुर गर्बुजा पुन स्मृतिमा तथा आमा बोमति पुनको नाममा स्थापना गरेका हुन् । सीता पुन पुर्बमन्त्रि थममाया गर्बुजाकी सहोदर भदैनी हुन्।

गत शुक्रवार अमर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तिहरुले स्थापना गरेका चार वटा अक्षयकोषबाट ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको छ।

उक्त अक्षयकोषहरु हरेक बर्ष चिम्खोलामा संचालित बिद्यालयहरुबाट पहिलो, दोस्रो, तेस्रो स्थानहरु सुरक्षित गर्नेलगायत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई हौसलाको लागि पुरुष्कार स्वरूप वितरण गरिन्छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर बुढा, पूर्वमन्त्री थममायाँ थापा, वडा अध्यक्ष थकबहादुर पाईजा, विद्यालयका प्रअ पृथबहादुर थापा लगायतले विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री थापाले चिमखोलामा रहेको अमर माविको भौतिक र शैक्षिक विकासमा सबैक्षेत्रबाट सहकार्यको आबश्यकता औँल्याउँदै आफ्नो तर्फबाट सक्दो पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिय ।

बर्ष अक्षयकोष बितरण कार्यक्रममा विद्यालयका पुर्ब मन्त्रि थममाया गर्बुजा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर बुढा, प्रधानाध्यापक पृथ बहादुर गर्बुजा, वडाध्यक्ष रिम पाइजा, वडा सदस्यहरु, शिक्षक शिक्षिकाहरु, बिध्यार्थिहरु र अक्षयकोषका घर परिवारहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!