१४ औं नेपाली मेला पत्रकार सम्मेलन सम्पन्न: तमुधि युके

SHARE:

१४ औं नेपाली मेला पत्रकार सम्मेलन सम्पन्न: तमुधि युके

बेलायत। तमुधी युकेले नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लण्डनको किमटोन पार्कमा आइतबार २७ अगस्तमा सम्पन्न हुनगैरहेको छ।

पत्रकार सम्मेलनको पहिलो चरणमा तमुधि युकेका मिडिया सेक्रटरी सर्बिन्द्र कुमार (एसके) गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए भने अध्यक्ष हरि गुरुङ र नेपाली मेल प्रमुख संयोजक तथा उपाध्यक्ष परशुराम गुरुङले खडा र नेपाली मेलाको प्रबेशपत्र प्रदान गरेर स्वागत गरेका छन।

पत्रकार सम्मेलनमा नेपाली मेलाका प्रमुख संयोजक तथा तमुधी युकेका उपाध्यक्ष परशुराम गुरुङले नेपाली मेलाको सम्पूर्ण कार्यहरु तयारी भईसकेको जानकारी दिएका छन ।

यस बर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ २९ टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १२ टिमले भाग लिने संयोजक गुरुङले बताएका छन। तमुधि युके टोहोटे, पुन समाज युके, तमुधि युके लन्डन इकाई, तमु प्ल्यु संघ युकेले झाँकीमा सहभागिता जनाएपनि प्रतियोगितामा समाबेश नहुने जनाएका छन।

नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, जनचेतनालगायत बिभिन्न ब्यबसायिक स्टलहरु रहने ब्यबस्था गरिएको स्टल संयोजक तथा उपाध्यक्ष कमल गुरुङले बताएका छन ।

नेपाली मेलामा एम्बसाडोर कप प्रथम स्थानको लागि ११०० पाउण्ड, दोस्रो स्थानको लागि ७०० पाउण्ड, तेस्रो स्थानको लागि ५०० पाउण्ड पुरुषकार राखिएको छ।

झाँकी तर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड र ३ वटा सान्त्वना पुरुषकार २०० पाउण्ड राखिएको छ।

सांस्कृतिक नृत्यतर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड र २ वटा सान्त्वना पुरुषकार २०० पाउण्ड राखिएको छ। सम्पूर्ण खर्च जोड्दा नेपाली मेलामा जम्मा खर्च ३७,००० पाउण्ड जति खर्च लाग्ने अनुमान गरिएको छ।

नेपालीमा मेलाको प्रमुख अतिथिमा बिगतका बर्षहरुमा जस्तै बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य रहनुहुने भएको छ भने, बिशेष अतिथिहरुमा नेपालबाट बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खम बहादुर (खमबिर) गर्बुजा, बंगला देश, भारत, र पाकिस्तानका राजदुतहरु, सगरमाथा आरोही हरि बुढा मगर र दिया पुनलगात बिभिन्न देशका कुटनीतिक आयोगका पदाधिकारीहरु उपस्थित रहने बताएका छन।

अन्य अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, दुतावासका अन्य काउन्सिलरहरु, मिलिटरी अत्याची ब्रिगिडियर जनरल रत्न बहादुर गोदार, एनआरएन युकेका अध्यक्षलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने बताएका छन ।

पत्रकारहरुले राखेको जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण नेपाली मेलाका प्रमुख संयोजक तथा उपाध्यक्ष परशुराम गुरुङ र अध्यक्ष हरि गुरुङले गरेका थिए भने सो प्रश्न उत्तर कार्यक्रम मिडिया संयोजक एसके गुरुङले संचालन गरेका थिए।

तमुधी युकेका अध्यक्ष हरि गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा. गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए।

कार्यक्रममा तमुधी युकेका पूर्वअध्यक्षहरु रामचन्द्र गुरुङ (सुर्जे), ज्ञाम गुरुङ, आमा समुहका बर्तमान तथा निबर्तमान पदाधिकारीहरु संस्थाका बुद्धिजीवी तथा प्रबुद्धबर्गहरुको उपस्थिति रहेको थियो।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुबराज अर्याल, उपाध्यक्ष दिनेश परिवार, महासचिब तथा रातोपाटी संबाददाता नरेन्द्र बस्नेत, फोनिज युकेका अध्यक्ष गोमा राना, कान्तिपुर संवादाता, नबिन पोख्रेल, ग्लोबल दैनिका सम्पादक कर्मा पहाडी शेर्पा, लन्डन काठमाडौँ न्युजका सम्पादक बम सूर्यवंशी, एभेरेष्ट टाइम्सका सम्पादकहरु चिम्खोले काईला, सह सम्पादक नगेन्द्र नेम्बाङ्ग, अनलाइन प्रमुख एसके गुरुङ, सेतो पाटीका संबाददाता फणिन्द्र भट्टराई, हिमालखबरका संबाददाता खेमराज रानाभाट, फ्रिलाइन्स फोटो पत्रकारहरु डेम थापा र बिनोद थापा, सितलपाटिका सम्पादक बाचस्पति रेग्मीलगायत बेलायतमा स्थापित बिभिन्न संचारगृहका पत्रकारहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!