गोर्खाको समस्याबारे नोेभेम्बर ८ मा मन्त्रिस्तरीय वार्ता हुने

SHARE:

लण्डन २० अगस्ट २०२३ ।

गोरखा भूतपूर्व सैनिकहरुको समस्या सम्बोधन गर्न नेपाल तथा बेलायत सरकारबीचको वार्ता ८ नोभेम्बरमा समापन गर्ने तयारी छ ।

गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट प्रतिनिधित्व गरिरहेका गोरखा दुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले दुई देशका सरकारहरुबीच भइरहेको (जीटूजी) वार्ताको अन्तिम चरणमा परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुने जनाए ।

यद्यपि गोरखाहरुले भने दुई मन्त्रीबीचको बैठकअघि प्राविधिक समितिले टुङ्गो लगाउनुपर्ने थुप्रै विषयहरु थाँती रहेको भन्दै त्यसअघि वार्ताको मिति माग गरेका छन् । बेलायती पक्षले भने धेरै कुराहरु सकिइसकेको भन्दै वेलफेयरको विषयमा मात्र कुरा गर्ने हो भने सेप्टेम्बर ११ मा बस्न सकिने जानकारी दिएको छ ।

जसलाई गोरखा भूतपूर्व सैनिकहरुले इन्कार गरेका छन् । गोरखाहरुले भने पेन्सनको माग मुख्य भएकाले त्यसका बारेमा वार्ता गर्न जोड दिएका छन् । वार्ताको सुरुआतदेखि नै बेलायतले गोरखा भूतपूर्व सैनिकहरुको वेलफेयरका विषयमा मात्र वार्ता गर्न चाहेको थियो तर गोरखाहरुको दबाबका कारण पेन्सनका विषयमा पनि छलफल भएको थियो ।

तर कुनै पनि विषय टुंगोमा नपुग्दै बेलायतले वार्तालाई समापन गर्न चाहँदा गोरखाहरुले भने विना निस्कर्ष वार्ता अन्त्य भए आन्दोलनको चेतावनी दिएका छन् । यसैबीच, जि १० युके गठनपछि पहिलो जानकारी सभा आगामी २० अगस्टमा ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा दिउँसो १२ बजे हुँदैछ ।

लामो समयदेखि गोर्खाहरुप्रति विभेद कायम रहेकोमा जिटुजि वार्ताले सुधारको प्रयास भए पनि सहमति पालना नभएको गुनासो छ । समान परिश्रमको समान श्रम, समान सुविधा, समान बन्दोबन्ती र समान पदोन्नतिको मागबमोजिम त्रिपक्षीय सन्धिरसम्झौता भएको थियो ।

तर सहमतिको पालना गर्न बेलायत र नेपाल सरकारले अवसर गुमाउने छैन भन्नेमा निश्चित पूर्व गोर्खाहरुले सन्धि सम्झौता पालना नभएको गुनासो गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!