सांसद गर्बुजालाई मगर भवनमा स्वागत

SHARE:

सांसद गर्बुजालाई मगर भवनमा स्वागत

२० अगस्त २०२३, बेलायत। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर) गर्बुजालाई मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित मगर भवनमा स्वागत गरेको छ।

स्वागत कार्यक्रमको पहिलो चरणमा उपस्थित सम्पूर्णले एक-आपसमा परिचय दिने कार्यक्रम रहेको थियो। परिचायत्मक कार्यक्रम समाप्त भए पश्च्यात ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता समितिका अध्यक्ष तथा मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क रानाले सांसद गर्बुजालाई जानकारी पत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा सांसद गर्बुजासंग मगर र भूपू गोर्खाहरुको बारेमा बिभिन्न बिषयहरुमा अन्तरक्रिया गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा सांसद गर्बुजाले भूपू गोर्खाहरुको पेन्सनको बारेमा नेपाल सरकार, बेलायत सरकार र भूपू गोर्खाहरुको बार्ता सहमतिको नजिक पुगेको बताएका छन भने बंशजको नागरिकता निरन्तरताको बारेमा आफ्नै परिवारका सदस्यहरु पनि यस बिषयको भिक्टिम भएको र नेपाल फर्केपछि अलि धेरै अभ्यास गरेर प्रतिनिधि सभामा लभिङ्ग गर्ने बताएका छन।

मगर संघ युकेका सचिब गोमान पुनले “पुन जाती र पुन मगर” को बारेमा जिज्ञाशा राखेका थिए। सांसद गर्बुजाले बेलायतमा पुन समाज युके र पुन मगर समाज युके एककृत भयो भने मात्र सबै समस्याको समाधान हुने बताएका थिए।

मगर संघ युकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि सांसद गर्बुजा थिए। कार्यक्रम महासचिब गुमान सिङ्ग थापाले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए।

सो कार्यक्रममा नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, फ़ोनिज युकेका अध्यक्ष गोमा राना, पुन मगर समाज युकेका अध्यक्ष बल पुर्जा, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, निबर्तमान अध्यक्ष दुत पुन, ट्रष्टीहरु, क्याप्टेन ताम धेगा, जगत थापा, सल्लाहकारहरु, शाखा समितिका अध्यक्षहरुलगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!