बेगखोला कल्याणकारी समाज युकेको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

SHARE:

बेगखोला कल्याणकारी समाज युकेको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

२० अगस्त २०२३ बेलायत। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर) गर्बुजालाई बेगखोला कल्याणकारी समाज युकेले बेलायतको बेजिङस्टोकमा स्वागत गरेका छन भने सोहि कार्यक्रममा बेगखोला कल्याणकारी समाज पोखराका अध्यक्ष यम कुमार पुर्जालाई बिदाइ गरेका छन ।

स्वागत तथा बिदाइ कार्यक्रमको पहिलो चरणमा बेग्खोले कल्याणकारी समाज युकेका अध्यक्ष यु बहादुर गर्बुजा र सांसद गर्बुजाले संयुक्त रुपमा पानसमा दियो बालेर औपचारिक कार्यक्रमको थालनी गरेका थिए। कार्यक्रममा नेपाली र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो भने सोहि कार्यक्रममा सम्पूर्ण दिबंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै दुइ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा सांसद गर्बुजासंग बेगखोला कल्याणकारी समाज पोखराका अध्यक्ष यम कुमार पुर्जा, बेगखोला कल्याणकारी समाज हंगकंगका निबर्तमान अध्यक्ष गिरी शेर्पुजा र बेगखोला कल्याणकारी समाज युकेका निबर्तमान योग कुमार फगामीले रघुगंगा गाउँ पालिका १ बेगखोलाको बिकाशको बारेमा, “पुन जाती र पुन मगर” को बारेमा, भूपू गोर्खाहरुको पेन्सन र बंशजको नागरिकता निरन्तरता जस्ता बिभिन्न बिषयहरुमा जिज्ञाशा राखेका थिए।

कार्यक्रममा सांसद गर्बुजाले भूपू गोर्खाहरुको पेन्सनको बारेमा नेपाल सरकार, बेलायत सरकार र भूपू गोर्खाहरुको बार्ता सहमतिको नजिक पुगेको बताएका छन भने बंशजको नागरिकता निरन्तरताको बारेमा आफ्नै परिवारका सदस्यहरु पनि यस बिषयको भिक्टिम भएको र नेपाल फर्केपछि अलि धेरै अभ्यास गरेर प्रतिनिधि सभामा लभिङ गर्ने बताएका छन। सांसद गर्बुजाले बेलायतमा पुन समाज युके र पुन मगर समाज युके एककृत भयो भने मात्र सबै समस्याको समाधान हुने बताएका छन ।

सांसद गर्बुजाले बेग्खोले जनताले दिएको माया जिन्दकिमा नभुल्ने बाचा गर्दै बेखोलाको बिकाशको लागि नम्बर एकमा राखेको बताएका छन।

बेग्खोले कल्याणकारी समाज युकेका अध्यक्ष यु बहादुर गर्बुजाले अध्यक्षता गरेको स्वागत तथा बिदाई कार्यक्रमको प्रमुख अतिथि सांसद गर्बुजा थिए। कार्यक्रम संस्थाका उपाध्यक्ष अर्जुन तिलिजाले संचालन गरेका थिए भने अर्का उपाध्यक्ष घन बहादुर गर्बुजाले स्वागत मन्तब्य दिएका थिए।

सो कार्यक्रममा एन आर एन युकेका निबर्तमान अध्यक्ष योग फगामी, मोना युकेका अध्यक्ष कुमार फगामी, बेग्खोले कल्याणकारी समाज युकेका संस्थापक अध्यक्ष ले. पदम पुर्जालगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!