नेपालको कोसी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

SHARE:

विराटनगर २१ अस्ट २०२३ ।

नेपालको कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ । प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले उक्त घोषणा गरेका हुन् ।

संविधानविपरीत विश्वासको मतका पक्षमा उनी आफैंले मतदान गरेका छन् । आफूले समेत मतदान गरेपछि थापाले ४७ मत पाएको भन्दै विश्वासको मत पाएको भनेर उनले घोषणा गरेका हुन् ।

उनले भने, ‘मानवीय उद्धव थापाले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु ।’कोसीको ९३ सदस्यीय प्रदेशसभामा थापाको ४७ मत र विपक्षमा ३० मत खसेको घोषणा सभाध्यक्ष इस्राइल मन्सुरीले गरेका हुन् ।

तटस्थतर्फ भते मत परेन । सोमबारको प्रदेशसभा बैठकमा ७७ जना सांसद उपस्थित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!