सांसद गर्बुजालाई स्वागत तथा सम्मान: जमुना पुन

SHARE:

सांसद गर्बुजालाई स्वागत तथा सम्मान: जमुना पुन

२१ अगस्त २०२३ बेलायत। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर) गर्बुजालाई चिम्खोले समाज युके र राउघाट खोला सेरोफेरो समाज युकेले बेलायतको ब्राकनेलमा स्वागत तथा सम्मान गरेका छन। सांसद गर्बुजा प्रतिनिधि सभाको निर्वाचनपछि पहिलोपटक बेलायत आएकाहुनाले उनलाई सम्मान गरेको हो।

सांसद गर्बुजालाई चिम्खोले समाज युके र राउघाट खोला सेरोफेरो समाज युकेका पदाधिकारीहरुले “पुन जाती र पुन मगर” को बारेमा, भूपू गोर्खाहरुको पेन्सन र बंशजको नागरिकता निरन्तरताको बारेमा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा सांसद गर्बुजाले भूपू गोर्खाहरुको पेन्सनको बारेमा नेपाल सरकार, बेलायत सरकार र भूपू गोर्खाहरुको बार्ता सहमतिको नजिक पुगेको बताएका छन भने बंशजको नागरिकता निरन्तरताको बारेमा आफ्नै परिवारका सदस्यहरु पनि यस बिषयको भिक्टिम भएको र नेपाल फर्केपछि अलि धेरै अभ्यास गरेर प्रतिनिधि सभामा लभिङ गर्ने बताएका छन। सांसद गर्बुजाले बेलायतमा पुन समाज युके र पुन मगर समाज युके एककृत भयो भने मात्र सबै समस्याको समाधान हुने बताएका छन ।

सांसद गर्बुजाले उपस्थित साथिभाइहरु तथा जनताले दिएको माया जिन्दकिमा नभुल्ने बाचा गर्दै रघुगंगा गाउँपालिका आफ्नै जन्मथलो पर्ने भएको हुँदा जनताको इच्छा र आकांक्षा अनुसार बिकाश गर्ने बताएका छन।

चिम्खोले समाजका अध्यक्ष तथा राउघाट खोला सेरोफेरोका अध्यक्ष मोति बहादुर तिलिजाले अध्यक्षता गरेको कार्यक्रममा सांसद खाम बहादुर (खमबिर) गर्बुजा प्रमुख अतिथि थिए भने बिशेष अतिथिहरुमा राष्ट्रिय पंचायतका भूपू माननीय नर बहादुर पुन र एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, मगर संघ युकेका निबर्तमान अध्यक्ष पुन समाज युकेका निबर्तमान अध्यक्ष धन बहादुर पुन, मगर संघ युकेका ट्रष्टी तथा फोनिज युकेका निबर्तमान महासचिब जमुना चिम्खोले समाज युकेका उपाध्यक्ष मन बहादुर तिलिजालगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!