बाध्यतामा पेलिएका राजमार्गका ड्राईभर र साहुजीहरु

SHARE:

  • जयराम तामाङ

काठमाडौं २२ अगस्ट २०२३ ।

जब कुनै मानिसहले कुनै ब्यवसाय वा कम्पनीमा लगानी गर्छ उसले त्यो ठाउॅबाट फाईदा वा नाफा होस भन्ने चाहान्छ ।

जब कुनै मानिसले कुनै ठाउॅमा काम गर्छ त्यो मानिसले त्यो ठाउॅमा काम गर्दा बिना स्ट्रेस र सजिलो अनि शान्ती सॅग काम गर्न परोस भन्ने चाहाना राख्दछ। तर कुनै बेला ठीक त्यसको बीपरीत हुन पुग्दछ र त्यो मानिसको जीवनको कहाली लाग्दो कथाहरु शुरु हुन थाल्दछ ।

तर समाज वा देशका अधिकॅास मानिसहरु त्यो परिस्थीतीमा पनि बाध्यताले जीउन परेकोछ। सरकारमा हुनेहरु त्यो मानिसको बाध्यतालाई बुझे पनि नबुझे जस्तै गरी त्यसबाट उल्टो फाईदा लुटि रहेको हुन्छ ।

घटना केहि समयको लागी म र मेरो परिवार नेपाल देश पारिवारिक भेटघाटको लागी जॅादा देखेको दृश्य हो । हामी सॅसारको जुनै देशमा गए पनि यातायातको प्रयोग अनिवार्यरुपमा गर्नै पर्ने हुन्छ , चाहे लामो दूरीको होस व छोटो दूरीको होस । हामीहरुले पनि केहि दिनको लागी टाटा सुमो जीप भाडामा लिएका थियौ । जीप ठीकठाक अवस्थामा नै थियो ।

२०१९ को गाडी कन्डिसनमा नै थियो । हामीहरुले दिनको ६ हजारमा पेट्रोल हामी आफै हालेर ड्राईबरलाई पनि हामीले बस्न र खान दिएर भाडामा लिएका थियौ । ड्राईबर पनि सानो उमेरको सोझो अनि ईमान्दार नै थियो ।

ड्राईबर मेरो क्लासमेट बागमति प्रदेसको मुख्य मन्त्री शालीकराम जमरकट्टेलका भतिज थियो । ड्राईबर र साहु आफै भएर पनि उनमा कुनै अहमता थिएन । मिजासिलो स्वभाबको अनि आज्ञाकारी नै थियो ।

पहिलो दिन हामीहरु काठमाडौंबाट धादिङको गजुरी र मलेखु हॅुदै छेपाङ गाउॅमा रहेको दिदीको घरमा गयौ । थानकोट देखि धूलो र हिलो अनि सडकको बिच बिचमा रहेको बडेमानको खाल्टाखुल्टीमा १० रेक्टरको भूकम्पले हल्लाएको जस्तै गरी हल्लीदै बल्लतल्ल गाउॅ पुगियो । मेरी ८२ बर्षकी आमा पनि धेरै बर्ष पछि भेटेको छोरो बुहारी अनि नाती सॅगै घुम्न जाने भनेर खुशी हॅुदै हामी सॅगै निस्कनु भएको थियो ।

कुनै पनि गाडीले कॅहा सम्म जाने हो भनेर केहि रकम तिरेर अनुमति लिनु पर्छ भनेर ड्राईबरले नाकढुङगामा मलेखु सम्मको अनुमति पत्र लिएको थियो । पहिलो दिन हामीहरुले दिदीको घरमा रमाईलो सॅग बितायौ। दिदीको घरमा भान्जा भान्जी अनि नाता नातीनि सबैलाई आँखा पाक्ने रोगले सखाप नै पारेको रहेछ । भोली पल्ट हामीहरु पोखरा जाने निर्णय गर्यौ ।

मेरो दिदी, बहिनी, आमा, म , मेरो छोरो र श्रीमती सहित पोखरा हिडियो । फेरी बाटोको अनुमति लिनु पर्छ भनेर मलेखुमा पुलिसकोमा जॅादा हामीलाई थाहा छैन अरु नै ठाउॅमा अनुमति लिनु भनेर पठाए । ठाउॅठाउॅमा बाटो बनाउॅदै गरेकोले जाम खेप्दै जसोतसो मुग्लीन सम्म पुगियो । जब मुग्लीन बाट खैरेनी कट्यो बाटोको अबस्था नाजुक थियो ।

फराकिलो बाटो बनाउॅदै गरेको भए पनि जुन पुरानो बाटोमा झन्डै आधा मिटर जतिको गहिरो खाल्टा खुल्टीमा गाडी १२ रेक्टरको भूकम्पले हल्लाएको जस्तो गरी १० किमी को प्रति घण्टाको दरले गाडी गुड्दै ९ घण्टामा पोखरा पुगियो ।

पोखरा पुग्ने बेलामा ट्राफिक प्रहरीले अनुमति पत्र खोई भनेर सोध्यो र ड्राईबरले लिन खोजेको तर थाहा छैन भनेर मलेखुमा पुलिसले दिएन र अरु ठाउॅ पाएन भनेर जवाफ दिए तर पुलिसले अनुमति पत्र नलिएको भनेर १ हजार रुपियॅा जरिबाना सहित ब्लु बुक राखेर पठाई दिए ।

पोखरामा केहि ठाउॅ मात्र घुम्ने अवसर मिल्यो किनकि आकाश बाट कसैले बाल्टीले खन्याएको जस्तै गरी पानी परि नै रह्यो। त्यसैले हामीहरु पहिरोले बाटो बन्द होला भनेर फर्किने निधो गरेर बाटो लागियो । बाटोमा भल र पानीले गर्दा बाटो कहॅा सम्म र कहॅा खाल्टो भन्ने अनुमानको भरमा गाडी चलाउनु पर्ने थियो ।

१० किमी प्रति घण्टा दर भन्दा पनि कम गाडी चलाउॅदा पनि गाडी हल्लेर गाडीको ड्यासबोर्डको सबै स्विच हरु भित्र भित्र पस्दै थियो । किहि ईन्जिनको वार्निङ साईनहरु पनि बल्दै थियो । चल्दा चल्दै सडकको बिचमै गाडी बन्द भयो । ड्राईबरले बनाउन कोशिस गर्यो तर केहि भेउ पाएन ।

बजार तिर गएर धकेल्नको लागी केहि मानिसहरुलाई मदत माग्यो र आएर सबै मिलेर धकेल्यौ तर पनि गाडी चलेन । त्यहि स्थानिय मानिसहरुले स्थानिय मेकानिकलको फोन नम्बर दियो र फोन गरे पछि केहि बेरमा नै आएर गाडी बनाई दिए । नेपालकै दोस्रो ठूलो शहर जाने बाटो को त्यो हालत हॅुदा पनि सरोकारहरु कानमा तेल हालेर आँखा बन्द गरेर बस्दा दुई चार पैसा होस भनेर गाडीमा लागानी गर्नेहरुको कान्तो बिजोग भएकोछ ।

ड्राईबरहरुले सास्ती खेप्नु परेकोछ। तर सुन्ने कोहि छैन । मन्त्रीहरु जानु पर्यो भने हेलिकप्टर चढेर केहि क्षणमा नै पुगिहाल्छ उनिहरुलाई वास्तै भएन । सरकारको ध्यान कहिले जाला प्रश्नै प्रश्न खडा भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!