लण्डन २४ अगस्ट २०२३ ।

चलचित्र निर्देशक तथा नायक माओत्से गुरुङसहित चार चलचित्रकर्मी बेलायत भ्रमणमा निस्किएका छन् ।
बेलायतमा यही २७ अगस्टमा तमुधिं यूकेको आयोजनामा हुने नेपाली मेलालगायत कार्यक्रमका लागि उनीहरुले बिहीबार बिहान नेपालबाट बेलायतका लागि प्रस्थान गरेका हुन् ।
टोलीमा नायक तथा निर्देशक माओत्से गुरुङ, चलचित्र निर्माता बुद्धकुमार गुरुङ, नायिका रजनी गुरुङ ९मंगली०, चलचित्र निर्माता एवं रोधी टेलिभिजनकी कार्यक्रम प्रस्तोता बालकाशी गुरुङ छन् ।






